पोखरा /
कोरोना अहिले सबैका लागि डर बनेको छ । प्रत्येक व्यतिm योसंग जुधिरहंदा र श्रङखलाबद्द रुपमा लैंगिक हिंसा घटनाहरु बाहिर आइरहँदा समाजले मानवता गुमाएको हो कि जस्तो भान हुन्छ । लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताःव्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा र महिलाहरु अझ प्रताडित भइरहँदा समाज आधुनिकिकरणको नाम कता मोड्दै छ भन्ने प्रश्न नआएका हैनन् । बाग्मती गाउँपालिका ७ लामिटारमा गएको बुधबार साँझ छिमेकीको पूजामा गएकी चार बर्षिया रुविना पाख्रिनको बलात्कार पछि ढुंगाले हानेर हत्या गरियो भने रुविनाजस्तै गरी सम्झना कामीको पनि निर्मम तरिकाले मानवताका सबै सिमा नाघी बलात्कार पछि हत्या गरियो ।त्यसै गरी बझाङ जिल्लाको मष्टा गाउँपालिकामा १२ बर्षकी सम्झना कामीको बलात्कार पछि हत्याको घटना साम्य नहुन नपाउँदैंै बझाङकै बुगंल नगरपालिकाकी २१ बर्षिय युवतीमाथि आफ्नै श्रीमान र ससुराबाट बारम्बार बलात्कार र चरम यातनाको घटनाले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा बलात्कार पछि हत्या गरिएकी निर्मलालाई पुन स्मरण गराएको छ । यो कोरोनाको संकटको बेला रोग,भोक,शोक संगै महिला तथा बालबालिकाको सुरक्षामाथि प्रश्न खडा भएको छ ?
बढ्दै छ जोखिम
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष ०७४÷७५ देखि ०७६÷७७ सम्ममा महिला हिंसासम्बन्धि करिब ४४हजार उजुरी प्रहरीमा दर्ता भए ।त्यसै गरी गण्डकी प्रदेशमा ४ हजार ३ सय १० उजुरी दर्ता भएका छन् ।कोरोना कालमा २०७६ चैत देखि २०७७ भदौसम्ममा मात्रै मुलुकभर १ हजार २ सय २१ जनाको बलात्कार भएको छ जुन दिनमा औसत करिब सात जना हुन्छ । चैतमा १ सय ३४,वैशाखमा १ सय ५२,जेठमा १ सय ९६,असारमा २ सय ४०,साउनमा २ सय ६६ र भदौमा २ सय ३३ जनाको बलात्कार भयो । २०७५ चैतदेखि २०७६ भदौसम्ममा भने बलात्कारका घटना १ हजार २ सय २४ वटा घटनाहरु भएका थिए ।
प्रहरी उपरिक्षक चन्द्रा गुरुङका अनूसार बलात्कारका घटनामा १८ बर्ष भन्दा कम उमेरका किशोरी र बालिकाहरु बढी पीडित छन् ।उनी भन्छिन,“प्रहरीमा नपुग्दै डर,प्रलोभन र सामाजिक प्रतिष्ठा जोगाउने नाममा गूपचूप मिलाइएका छन ्।घटना भएपनि उजुरी दर्ता गर्ने र कानूनी अनभिज्ञताकै कारण जोखिम निम्तिएका छन् । ”उनी थप्छिन्,ू“संकटको प्रत्यक्ष प्रभाव महिला र बालबालिकामा हुन्छ ।अहिले कोरोनाकालमा महिलामाथि भइरहेका जघन्य अपराधहरुले महिलाको सुरक्षा र वास्तविक जोखिमको अवस्थालाई जनांउछ । ”
रक्षकनै भक्षक,आफन्तबाटै पीडा
अधिबक्ता तथा पत्रकार दुर्गा भण्डारी अनुसार पछिल्ला ४ वर्षको तथ्यांकले पनि यौनजन्य अपराधमा चिनजानकै मानिसको संलग्नता बढी देखिन्छ । उनी भन्छिन्,“इज्जत र प्रतिष्ठाका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको देखिन्छ ।”प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ । जसका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको देखिन्छ ।२०७३ र ०७४ देखि २०७६ र ०७७ सम्मका ४ वर्षमा बलात्कारका ७ हजार ८ सय २५ वटा घटना भए । यसमध्ये ५ हजार ९ सय ९४ वटा घटनामा नातेदार,साथी, शिक्षक,छरछिमेक र अन्य चिनजानका मानिसको संलग्नता देखिएको छ । जसका कारण अपराध लुकाउन धेरै पक्षबाट दबाब दिने वा प्रहरीमा उजुरी गर्नबाट रोक्ने प्रवृत्ति बढेको हुन सक्छ ।
कडा कानुनसंगै कार्यान्वयनको आवश्यकता
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु ग्तौउलाका अनुसार बलात्कार मुद्दामा गाउँ समाज मिलाएर सामसुम पार्ने अवस्था भनेको राज्यमा दण्ड हिनताको परिणाम हो । उनी थप्छिन्,“बलात्कार समाजमा मिलाउने बिषय नभइ कानुनी सजायको बिषय हो ।”महामारीको समयमा विशेष गरी महिलालाई अत्यावश्यक सेवामा पहुँच नपुगेकोले हिंसाका घटना बढेको र अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि १६ दिने अभियान अझ महत्वपुर्ण रहेको उनको भनाई छ ।
त्यसै गरी समाजशास्त्री शान्ती भुसालका अनुसार समाजमा भएका अपराध र हिंसाको मुल जड नै पितृसत्तात्मक सोच र प्रवृति हो। समाजको प्रत्येक क्षेत्र तथा संघ,संस्थामा पितृसत्तात्मक सोच हाबी भएकै कारण महिलालाई जे गरे नी हून्छ भन्ने द«ष्टिकोण बनेको उनी भन्छिन् ।“यो प्रवृति अन्त्य नभए सम्म,महिला तथा बालबालिकाजन्य हिंसा रोकिदैन”,उनले भनिन् ।“यौनजन्य हिंसा तथा अपराध नियन्त्रणका कार्यक्रममा पुरुषको सहभागिता रहनुपर्ने उनको भनाइ छ । पत्रकार तथा अधिवक्ता दुर्गा भण्डारीले हिंसाजन्य अपराधमा राजनीतिक संरक्षण अन्त्य गर्नुपर्ने, अवसर र उत्पादनमुलक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । उनले अपराध सहेर बस्दा पीडकको मनोबल अझ बढ्ने बताइन्।उनले विद्मालयवाटै हिंसा विरुद्ध बालबालिका र किशोरीलाई उचित शिक्षा प्रदान गर्नुपर्ने टिप्पणी गरिन् ।१६ दिने अभियान सही रुपमा कार्यान्वयन गरेमा महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण तथा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित हुने भण्डारीको भनाइ छ ।
