सुचना, समाचार र मनोरन्जन

रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा केकी अधिकारीको प्रवेशले चर्चा

काठमाडौं :

टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश भएपछि चर्चा र आलोचित बनेकी छन्। उनी सामाजिक सञ्जालमा कवियन्त्री नभएको मान्छेले जज गर्नसक्दैनन् भन्दै आलोचित बनेकी छन् भने कोही जज सबैले गर्न सक्छन् भन्ने खाल्का कुराहरु आइरहेका छन्। उनी पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा अनुबन्धित भएकी हुन्।

अन्य तीन जजहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक दोस्रो सिजनमा पनि यथावत रहेका छन्। यहि माघ २२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुने शो प्रत्येक सोमबार र मंगलबार राति ९ बजे दर्शकले हिमालय टिभीमा प्रशारण हुने छ। शोका निर्देशक अमनप्रताप अधिकारीका अनुसार यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन् ।

शोलाई अभिनेता दिव्यदेवले होस्ट गर्ने दोस्रो सिजनको कुल ३१ एपिसोड हुनेछ । आयोजकले यसको फिनाले जेठमा गर्ने तयारी रहेको जानकारी दिएको छ । पहिलो सिजनमा सिक्किमकी कवयत्री निलम गुरुङ विजेता बनेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.