सुचना, समाचार र मनोरन्जन

अब केकी पनि डाक्टर

काठमाडौँ :

अभिनेत्री केकी अधिकारी डाक्टर बनेकी छन् । वास्तविक डाक्टर नभएर उनी एक गीतको भिडियोमा डाक्टर बनेकी हुन् । डाक्टर रमिल अधिकारीको ‘जिउने चाहना’ बोलको गजलको भिडियोमा डाक्टरको भुमिका निभाएकी छन् । डाक्टर अधिकारीको शब्द सिर्जना रहेको उक्त गजलमा थानेश्वर गौतमको स्वर तथा संगीत रहेको ।

यस गीतको भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ। गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ। नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले सम्पादन गरेका छन्। निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत रहेका छन्। न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि काम गर्दै आएका छन् ।

कमेन्ट्स
Loading...