सुचना, समाचार र मनोरन्जन

केकीले ‘बोक्सीको घर’ बनाउने

काठमाडौं । नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने भएकी छन् । वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतार्ने तयारी गरेकी हुन् ।

यस नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी थिइन् । चलचित्रमा भने भारती र सुब्रतराज आचार्य निर्देशकको रूपमा रहेका छन् ।

Parichay

नाटकमा सरिता गिरीको एकल अभिनय रहेको थियो । चलचित्रको लागि भने नायक गौरव पहारी र नायिका केकी अधिकारी मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । चलचित्रका बाँकी कलाकारको छनोट अडिसनबाट गरिनेछ ।

विगत डेढ महिनादेखि कलाकारहरूले वर्कशप गरिरहेका छन् । चार महिनासम्म वर्कशप गरेपछि छायांकन प्रारम्भ गरिने बताइएको छ । ‘केकी अधिकारी फिल्मस्’ले निर्माण गर्ने चलचित्रमा बद्री अधिकारीको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

Comments
Loading...