सुचना, समाचार र मनोरन्जन

भारतसँग आत्मा विश्वासका साथ सम्झौता गर्न पूर्वमन्त्री खड्काको सुझाव

काठमाडौँ/

पूर्व परराष्टमन्त्री डा, नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा आत्मा विश्वासका साथ कुरा राख्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको छलफलपछि पूर्व परराष्ट्रमन्त्री खड्काले आत्मविश्वासका साथ भारतसँग डिल गरेपछि मात्र सफलता मिल्ने बताए ।

‘राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आत्मा विश्वासका साथ कुरा राख्न भनेको छु । आत्मविश्वासका साथ भारतसँग डिल गर्नुभयो भने सफलता मिल्न सक्छ भनेर मैले प्रधानमन्त्री सुझाव दिएको छु,’ उनले भने ।

उनले अगाडि भने, ‘संयुक्त विज्ञप्ति आउँदा नेपालमा प्रश्न उठ्ने अवस्था आउनु दिनु हुँदैन । यसपाली भ्रमण राम्रो भए छ भन्ने खालको दृष्टिकोण लिएर जानुपर्छ ।’

भारत भ्रमणमा पुरा तयारीका साथ जान पनि उनको सुझाव छ ।

‘एजेण्डाबारे गम्भीर गृहकार्य गरेर जानुहोला । विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्छ । सम्झौताको ताँती लाउनुभन्दा कार्यान्वयन गर्नुपर्छ । सम्झौता गर्दै छोड्दै नगरौँ,’ खड्काले भने ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्दै छन् ।

कमेन्ट्स
Loading...