सुचना, समाचार र मनोरन्जन

खानेपानी शुद्धीकरणको माग गर्दै जागौं पोखराले थाल्यो अनिश्चितकालीन धर्ना

काठमाडौं ।

पोखरामा पानीको शुद्धीकरणका लागि सरोकारवालाको ध्यानाकर्षणका लागि पोखराबासीले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

खानेपानी शुद्धीकरणको मागका विषयमा सरकारी निकाय र स्थानीय तहलाई बारम्बार जानकारी गराए पनि त्यसप्रति सरोकारवालाले आवश्यक ध्यान नदिएपछि जागौं पोखरा अभियानका अभियन्ताहरुले पोखरामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

Parichay

‘खानेपानीको शुद्धीकरणको विषयमा हामीहरु निरन्तर मैदानमा रहेको कुरा सम्पुर्ण पोखराबासी नागरिकलाई जानकारी भएको विषय हो,’ जागौं पोखराले जारी गरेको सुचनामा उल्लेख छ,  ‘हामीले सम्बन्धित निकायमा खबरदारी गर्दा गर्दै पनि कहीं कतैबाट सुनुवाई नभएकोले हामी बाध्य भएर अनिश्चितकालीन धर्नाको कार्यक्रम आजबाट सुरूवात गरिएको छ।’

पोखरामा खानेपानी शुद्धीकरणको अभियानलाई ठोस निष्कर्षमा एक्यवद्धता जनाउन उनीहरुले सम्पुर्ण पत्रकार, अभियान्ता, सङ्घ, सङ्गठन,नागरिक, एवम् सुरक्षाकर्मीहरुलाई आग्रह गर्दै अभियानमा सहभागीहरुलाई धन्यवादसमेत दिएका छन् ।

Comments
Loading...