सुचना, समाचार र मनोरन्जन

परपुरूषसँग लागेको आशङ्कामा श्रीमतीमाथि खुकुरी प्रहार !

काठमाडौं ।

परपुरूषसँग लागेको आशङ्कामा एक व्यतीतले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । झापाको दमक नगरपालिका १ मामाचौक बस्ने ४७ बर्षीय चुडामणि भण्डारीले ३७ बर्षीया टीकामाया भण्डारीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका भण्डारीले आज अपराह्न कमल गाउँपालिकका ६ जीवनचोकमा रहेको आफ्नै जमिनमा खेती गर्न गएका थिए । सोही बेला उनले श्रीमतीको हत्या गरेका हुन् ।

उनले प्रहार गरेको खुकुरीबाट प्रकाशचन्द्र दाहाल समेत घाईते भएको प्रहरीले जनाएको छ । दाहाल उनकै श्रीमतीसँग गएका थिए ।

यता घटना भएलगतै इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेर आरोपी श्रीमान् भण्डारीलाई पक्राउ गरेका छन् । घटनाको बिषयमा थप अनुसंधान भइरहेको डिएसपी थापाले बताए ।

आरोपी भण्डारीले आफू विदेशमा रहेको बेला कमाएर पठाएको रकम श्रीमतीले हिनामिना गरी परपुरूषसँग लागेको आशंकामा हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds