सुचना, समाचार र मनोरन्जन

हट एण्ड बोल्ड मोडल बन्न चाहन्छु : खुशी अधिकारी

काठमाडौ । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव छ । एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहरले धेरैलाई राजधानीलाई कर्मथलो बनाउन चाहान्छन् ।

आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण भइरहेका छन् । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपनासंग जोडिएको युवा पुस्ताको रोजाइ फिल्म संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र रहेको छ ।

अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना अनुसार मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा अगाडी बढ्दै गरेकी मोडल हुन खुशी अधिकारी ।

उनी पछिल्लो समय आफ्नो लक्ष्यमा पुग्न मेहनत पनि गरिरहेकी छन् । दर्जनौ म्युजिक भिडियो, टेलिसिरियल र सर्ट मुभिमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरेकी मोडल अधिकारी हट एण्ड बोल्ड सिन दिन समेत आफु तयार रहेको बताउँछिन् ।

कमेन्ट्स
Loading...