काठमाडौं :
किरण भुजेल र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ’ सार्वजनिक भएको छ। शुक्रबार प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीत रिलिज भएको हो ।
प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमार्फत प्रेमी , प्रेमिकाबीचको भावनात्मक प्रेमलाई समेटिएको छ ।देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र गायक भुजेलको अभिनय देख्न सकिन्छ ।
प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन्।यस अघि गीतकार बस्नेतको शब्दमा ‘दोहोरी बस्दा’ बोलको गीत बजारमा आएको थियो।