सुचना, समाचार र मनोरन्जन
kumdini

ड्याडीसँगका ती दिनहरू जो फेरि फर्केर आउँदैनन्….

ड्याडी इज माइ रोल मोडल

किरण के.सी./

                                                                                  अबिचुरी…

मनभित्र यति धेरै यादहरू छन् । कहाँबाट सुरु गरेर कहाँ अन्त्य गर्ने ? म आफैलाई थाहा छैन् । लेख्न खोज्छु, अक्षरहरू असमर्थ हुन्छन् , मेरो भावना बोक्न । ९÷१० वर्षको उमेरमा ममी र ड्याडी, दादा र भाइ अनि परिवार छोड्नु प¥यो पढाइका लागि । घरदेश छोडेर परदेशको देराहदून जाँदा मैले ड्याडीको देब्रे हातको कान्छी औंला समाएर घुमफिर गर्ने मौका गुमाएँ । हामी तीन दाजुभाइका विच म माइलो छोरा । हातका औंलालाई बराबरी माया गरे जस्तै समान माया हामीले पायौं । र पनि, मेरो ड्याडीसँगको सामिप्यता गाढा र प्रगाढ थियो।

पोखरा छोडेर पढाइका लागि म देहरादून रहँदा उहाँले हरदम भन्नुहुन्थ्यो, ‘पुस्तक त पढ्नु नै पर्छ, पुस्तकसँगै मान्छे पढ्नू र आफ्नो रुचिको काम गर्नू ।’ कहिल्यै मलाई उहाँले आफ्नो इच्छा र चाहना लाद्नु भएन। त्यसैले पनि हाम्रो इच्छा द्वन्द्व हुन पाएन्।

भ्याकेसनमा घर आउँदा सधैै दसैं तिहार आउँथ्यो । ड्याडीले हामीलाई कपडा र जुत्ताहरू ल्याइदिँदा हाम्रा खुट्टा भुईंमा हुँदैन थिए । उहाँ भन्नुहुन्थ्यो ‘जुत्ताको जतन गर्नुपर्छ ।’ आज आफै ड्याडी भएर बच्चाहरूलाई जुत्ता किनिरहँदा लाग्छ ड्याडी हुनुको महत्व कति रहेछ । उहाँको आर्दशले पानीपानी हुन्छु।

उहाँको मायालु प्यार, न्यानो स्नेह र आत्मीय साथले नै आजको जीवन उज्यालो भएको हो । तत्कालीन गाउँ र अहिलेको प्याराडाइज पोखरामा हजुरबुबा कीर्तिबहादुर के.सी.को विरासत निर्माण व्यवसायीका रूपमा थियो । ड्याडी सूर्यबहादुर के.सी.उर्फ सीताराम के.सी.को आफ््नै पहिचान थियो । उहाँको राजनीतिक राप, समाजसेवाको ताप र उद्यमशीलताको चापका विच हामी हुर्कियौं । चाहेजति समय हामीलाई दिन नसके पनि भ्याएसम्मको समय दिनुभयो । राती अबेर घर आउँदा पनि चम्चाले मलाई दूध खुवाउनुहुन्थ्यो।

२०४१ सालमा २७ वर्षको उमेरमा नै उहाँ तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्च हुनुभयो । राजनीतिक जीवनलाई निरन्तरता दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कोषाध्यक्ष, नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुँदै २०७४ को संसदीय निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत नेपाली काँग्रेसबाट प्रतिनिधिसभाको सांसद बन्नु भएको थियो । उहाँको राजनीतिक जीवन देखेर म लोभिएको थिएँ ।
दक्षिण एसिया कै पहिलो तयारी नुडल्स रारा चाउचाउलाई ब्रान्डिङ गर्नु भयो । यो राराले पोखरालाई पनि चिनायो । उद्योगपतिका रूपमा आफ्नो व्यक्तित्व झल्काउनु भयो ।

सामाजिक क्षेत्रका विभिन्न अवयवहरूमा उल्लेखनीय योगदान दिनुभयो । शिक्षा, खेलकुद, मठमन्दिर, मानव सेवा उहाँका रुचिका क्षेत्र थिए । हामीलाई अब्बल र ज्ञानी बनाउन उहाँले निर्देशन दिनुहुन्थ्यो, ‘आफ्नो काममा दत्तचित्त भएर लाग्नु, मानवीय सेवामा चासो राख्नु र समयको महत्व बुझ्नु यति मात्रै गर्दा सफलताका सोपान चढ्न कठिन हुँदैन । ’ आज उहाँ नरहँदा पनि उहाँलेको त्यो वाणी र गु्ञ्जन कानको ढोका खोलेर ह्रदयमा बजिरहेको हुन्छ ।

गण्डकी बोर्डिङ स्कुलबाट १४ वर्षको उमेरमा एसएलसी पास गरेपछि करिअरका लागि जर्मनसँग जुन पापड बेल्नु भयो । देराहदूनबाट स्कुल र इङल्याण्डबाट होटल म्यानेजमेन्टमा स्नातक सकेर नेपाल आउँदा मैले करिअरका लागि कुनै ह्यासल महसुस गर्नु परेन । हजुरले तयार गरिदिएको प्लाटफर्म नै मेरा लागि काफी भयो । मेरो ‘रोड मोडल’ मेरो ड्याडी हो भनेर म गर्वका साथ छाति चौडा बनाइरहने छु ।

केटाकेटी झैं खेल्ने, साथीलाई जस्तो व्यवहार गर्ने, अंगरक्षकले झै सुरक्षा दिने ड्याडीसँग डिट्याच हुँदाको पलले मन रित्तिए जस्तो हुन्छ । सखारै जब चराहरूले गीत गाउन थाल्छन्, पूर्वी क्षितिजबाट उदाएको सूर्यका किरणले लाली छर्दै माछापुच्छ«े, अन्नपूर्ण हिमशङ्खलालाई सुनौलो बनाउँछन् आँखाका परेला खुल्दा हजुरको प्रतिविम्वले ‘हेलो किरण’ भनेझै लाग्छ ।

केटाकेटी झैं खेल्ने, साथीलाई जस्तो व्यवहार गर्ने, अंगरक्षकले झै सुरक्षा दिने ड्याडीसँग डिट्याच हुँदाको पलले मन रित्तिए जस्तो हुन्छ । सखारै जब चराहरूले गीत गाउन थाल्छन्, पूर्वी क्षितिजबाट उदाएको सूर्यका किरणले लाली छर्दै माछापुच्छ«े, अन्नपूर्ण हिमशङ्खलालाई सुनौलो बनाउँछन् आँखाका परेला खुल्दा हजुरको प्रतिविम्वले ‘हेलो किरण’ भनेझै लाग्छ ।

British college

साँझपख जब धरतीमा अँध्यारो खस्छ, चराहरू आफ्ना गुँडमा फर्कन्छन् हल्का वतास चल्दा बगैंचाका फूलहरू नृत्य गरिरहँदा हजुरको यादले नोस्टाल्जिक हुन्छु । मभित्रको किरणले मनसँग हैन हजुरसँग सम्वाद गरिहेको भान हुन्छ । म स्मृतिको रिलमा घुमिरहेको हुन्छु ।

पद, प्रतिष्ठा र पैसाले मात्रै स्वपहिचान बन्दैन् त्यसका लागि इमान र परिश्रम चाहिन्छ नै । २७ वर्षको उमेरमा हजुरले जुन प्रकारको पपुलारिटी गेन गर्नु भएको थियो संझदा मात्रै पनि रोमाञ्चित हु्न्छु । हुन त ४१ वर्षमा रुजवेल्ट अमेरिकाका राष्ट्रपति भएका थिए । ३४ वर्षमा सेवास्टिएन अष्ट्रियाका चान्सलर र ३५ वर्षमा साना मरिन फिनल्याण्डकी प्रधानमनन्त्री भएको तथ्याङ्क हेर्दा हजुरको उमेरसँग हामी हारखाएका छौं ।
यो याम यसो गम खान्छु । ६३ वर्षको जीवन यापनमा हजुरले गरेका काम हामीलाई गर्न हम्मेहम्मे हुनेछ । आखिर सबैका लागि त्यही २४ घण्टा हो । समयको वेगलाई हजुरले झै फ्लो गर्न जरुर कठीन छ । तर त्यो च्यालेञ्ज फेस गर्न जरुर प्रतिवद्ध रहनेछु ।

ड्याडी, हजुरले हजार रोपनी जमिन भन्दा पनि हजारौं मलामी जोडेर जानु भएको रहेछ । नेपाली काँग्रेस पार्टीले हजुरको निधनमा शोक प्रस्ताव पारित ग¥यो । तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्लाका पार्टी कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकायो र जिन्दगीको अन्तिम स्टेसनमा नेपाली काँग्रेस पार्टीको चारतारे झण्डा ओडाएको घडी हजुर ‘रियल हिरो’ भएको अनुभूति गरेको छु ।

तीस वर्ष कालिका बहुमुखी क्याम्पसको व्यवस्थापनको अध्यक्ष रहेर शैक्षिक संस्थाको गतिशीलतामा दिएको समय उल्लेखनीय छ । तीन करोडभन्दा बढी बुबाले क्याम्पसको भौतिक विकासमा खर्चनु भएको छ । मेडिकल, इन्जिनियरिङ र होटल म्यानेजमेन्टकौ शैक्षिक विकासमा आफ्नो सोच लागू गर्नु भएको छ । स्वार्थको सीमारेखाभन्दा माथि उठेर उहाँले गर्नु भएको समाजसेवाको उदात्त भावनाले म सधैं नतमस्तक हुन्छ ।

उहाँ ह्रदयले सम्पन्न मानिस हुनुका साथै आँखाको नानीमा राख्न योग्य हुनुहुन्थ्यो । संघसंस्थाले सहयोग प्रस्ताव गर्दा सधैं सकारात्मक रहने सामाजिक भावना थियो । धार्मिक आध्यामिक, संस्थालाई गरेको योगदान आफ्नै ठाउँमा छ । खेलकुदमा सहारा क्लवलाई पोखराको सान बनाउनु भयो । सञ्चार क्षेत्रमा उहाँले दिएको योगदान अभिलिखित छ । पोखरामा उद्यमशीलताको संस्कृति उहाँले नै विकास गर्नु भएको हो । पोखरालाई भौतिक विकासले सम्पन्न बनाउन पनि उहाँले समय र चिन्तन खर्चनु भएको छ । आफू नरहँदा पनि आफ्नो आलोक र सत्कर्मले उहाँ जीवन्त बन्नु भएको छ । लोकले संझना गरिरहने ‘टावर पसर्नालिटी’ हुँदा गर्व लाग्छ उहाँको सन्तान हुुनुमा ।

ड्याडी, हजुरको भौतिक शरीर हाम्राविच नरहे पनि अजर अमर आत्मा हामी आसपास नै छ भन्ने तत्तबोध गरेको छु । हजुरले हिँडेका सबै बाटो हिँडन नसके पनि राजनीतिक बाटो हिड्ने जमर्को गरेको छु । समाजसेवाको भावनालाई मनमुटु, मस्तिष्क र मगजमा राखेको छु । मानवीय सहयोगलाई निरन्तरता दिएको छु । उद्यमविनाको जीवन अधमको जस्तो हुन्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै उद्यमशीलता र इलमलाई अविछिन्न चलाउँदै हजुरको सपनालाई मूर्त रूप दिएको छु।

ड्याडी, हजुरको भौतिक शरीर हाम्राविच नरहे पनि अजर अमर आत्मा हामी आसपास नै छ भन्ने तत्तबोध गरेको छु । हजुरले हिँडेका सबै बाटो हिँडन नसके पनि राजनीतिक बाटो हिड्ने जमर्को गरेको छु । समाजसेवाको भावनालाई मनमुटु, मस्तिष्क र मगजमा राखेको छु । मानवीय सहयोगलाई निरन्तरता दिएको छु । उद्यमविनाको जीवन अधमको जस्तो हुन्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै उद्यमशीलता र इलमलाई अविछिन्न चलाउँदै हजुरको सपनालाई मूर्त रूप दिएको छु । थप व्यापक र विस्तार गर्ने योजनालाई मूलमन्त्र मानेर अगाडि बढेको छु ।

कन्स्ट्रक्सन, हाइड्रो, इन्सौरेन्सका व्यावसायिक आयामलाई रिइन्जिनियरिङ गर्दै के.सी. गु्रपको शाखलाई थप मलजल गर्ने रणनीतिलाई हामीले कायम राखेको छौं । सत्य हो, समय गतिशील छ, समाज परिवर्तनशील छ, शरद ऋतुको आगमनसँगै क्यालेन्डरका पाना फेरिए । ३ अक्टोबर याने कि कात्र्तिक १७ गते राति १० बजेको त्यो घडीले मलाई संझायो र झस्कायो – ‘किरण, ड्याडीको पदचापलाई निरन्तर निरन्तर पछ्याइरहनु । ’

पुज्यनीय ड्याडीको देहावसानले परिवार र उद्योग प्रतिष्ठानले सधै अभावको अनुभूति हुनेछ । त्यही अभावलाई पूर्तिका लागि उहाँका पदचाप पछ्याउनु हाम्रो कर्तव्य हुनेछ । यसका लागि मैले मनको पिँधदेखि नै प्रण गरेको छु । हाम्रा लागि उहाँ प्रेरणाको जग र जरा नै हो । उहाँप्रति श्रद्धाञ्जली र हामीलाई समवेदना दिनुहुने समस्त सज्जन महानुभावका प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

ड्याडी, मेरो ध्यान त्यही पदपाचमा केन्द्रीत छ । मनको आध्यात्मिक तहदेखि नै आफ्नो पहल, प्रयास र प्रयत्नलाई अविछिन्न राख्नेछु । हजुरको नामलाई थप प्रकाश पारेर रोशनयुक्त बनाउने धुन र लयमा किरण लाग्ने छ । प्रथम वार्षिकीको यो पुण्य तिथिमा हजुरको देहमुक्त आत्माका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैकुण्ठवासको कामना गर्दछु ।

लेखक के.सी. गु्रपका डिरेक्टर हुन् । सम्पादक 

कमेन्ट्स
Loading...