काठमाडौ :
नेपाली सांगितिक क्षेत्रका चर्चित म्युजिसियन हुन किशोर थापा । दुइ दशक भन्दा लामो समयदेखि गीत रेकर्डिङ तथा मिक्सिङ गर्दै आएका छन् । उनले एक दशक अघि मिग्मा शेर्पाको ‘नबुना बनाई दियौ’त्यसपछि ‘आफ्नो मन आफैलाई ढाँट्न नमिल्ने,त्यहि एल्वमको ‘लुकी छिपी’मा लगायत सयौ गीतलाई रेकर्ड तथा मिक्सिङको काम गरेका थिए ।
यता सुपरहिट फिल्म ‘नाइँ नभन्नु ल’का अधिकांश गीतमा उनकै हातले मिक्सिङ गरेका छन् । स्रोता तथा दर्शकले अत्यधिक रुचाएका तथा हरेक संगीतकर्मीको मनमा बस्न सफल किशोर थापा । पछिल्लो समय अत्यधिक चर्चामा आएको पदम राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘के गुलियो छ र सख्खर चिनी’स्रोताको मुखैमा झुण्डिएको छ । यहि गीतका म्युजिसियन किशोर थापासँग भोला अधिकारीले गरेको कुराकानीः
के छ हालखबर ?
ठिकै छ । अहिलेसम्म एकदमै आराम छु भन्नुपर्यो ।
निकै व्यस्त हुनुहुन्छ है ?
ठिकै भन्नु पर्यो । अहिले फिफा वल्डकपले गर्दा अलिक समयको तालमेल मिलिरहेको छैन । आफुलाई फुटबल भनेपछि एकदमै मन पर्ने,त्यस कारण यो नहेरी सुत्दै सुत्दिनँ । विहान उठ्न अलिक अबेला हुन्छ । त्यस कारण पनि कामको कामकुरो बिग्रिरहेको छ ।
फुटबल प्रेमी हुनुहुदो रहेछ । तपाई आफै चाही कतिको खेल्नु हुन्छ ?
म त खेल्थेँ नि । स्कुले जिवनमा खुबै खेलियो । पछिल्लो समय चाही कामको व्यस्तताले खेल्न नभ्याइने रहेछ । कति ठुलठुला गेमहरुमा समेत सहभागी हुने गर्थे । हाम्रोमा सिल पाउने,कप पाउने भन्ने भन्दा पनि भाले,खसीको बाजी हुन्थ्यो । कप,सिलले खासै अर्थ नलाग्ने तर भाले,खसी भयो भने त सबैले खान मिल्ने भन्ने हिसावले यसैको बाजी पर्थो ।
फुटबलमा इन्ट्रेस भएको मान्छे, यो म्युजिक क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
बि.स. २०५५ साल तिर काठमाडौं आएको हो । गाउँमा एसएलसी सकेपछि काठमाडौमा केहि गरौ भनेर आएको थिए । काठमाडौं आएपछि त्यतिकै बस्ने कुरा पनि भएन अनि मेरो मामा ज्योतीलाल राना हुनुहुन्छ । उहाँ डिल्ली बजारको कालिकास्थानमा एउटा गीत रेकर्डिङ स्टुडियो थियो । त्यहाँ काम गर्नुहुन्थ्यो ।
उहाँले मलाई प्राक्टिकल भनेर गाको त्यता त्यतै २ वर्ष काम गरे । त्यसपछि घण्टाघरमा रहेको सिनफोनिक स्टुडियो थियो । यहाँ चाही मेरो विशेष गरि भनुमँ क्यरियर बन्ने मौका भयो । यहिबाट मेरो सांगितिक यात्रामा आएको हो । यहाँ मलाई मेरो गुरु दीप तुलाधरबाट सिक्ने मौका पाए ।
सानैबाट गीतसंगीतमा नै रमाउँछु भन्ने चाहाना थियो कि बाध्यताले यता डो¥यायो हो ?
म सानैबाट दोहोरी गीतहरु त गाउँथेँ तर यताको लाइन समात्छु भन्ने थिए । मेरो विशेष फोकस चाही सिए अर्थात चार्टड एकाउण्ट पढ्ने थियो । यसबाट राम्रो कमाई हुन्छ भन्ने थियो । तर, के के कुराले यता पढ्न सकिएन । सांगितिक क्षेत्रमा नै रमाउन थालियो । यता समय दिनै सकिनँ । त्यस कारण अधुरै रह्यो ।
मलाई तपाईले अघि भन्दै हुनुहुन्थ्यो ? घरमा बुवा दाजुहरु कोही भारतिय लाहुरे,कोही नेपाली ? परिवार नै लाहुरे भएपछि तपाईलाई पनि लाहुरे भन्न रहर जागेन ?
मलाई अहँ, पटक्कै लागेन । मेरो एक त हात फ्याक्चर भएको थियो । त्यसले एक त मलाई साथ दिदैन थियो । अर्को कुरा मनैबाट लाहुरे बन्ने इन्ट्रेस थिएन । मेरो साथीहरु लाहुरे बन्ने कोही पोखरा जान्थेँ, कोही कता जान्थेँ,आफुलाई फिजिकल्ली रुपमा तन्दुरुस्त राख्न बिहान दौडन्थेँ तर,मलाई अहँ पटक्कै त्यता ध्यान गएन ।
बुवा आमाहरुले त लाहुरे बन्नमा नै जोड गर्नुभयो होला नि ?
उहाँहरुले त गर्नु हुन्छ नि । आफ्नो क्षमता पनि त हेर्नुपर्यो नि हैन ।
अनि विवाह पनि गीतसंगीत क्षेत्रकै गर्नुभयो कि यो भन्दा बाहिरको ?
मैले बाहिर कै गरेको हो । विवाह गरेकै एक दशक भनदा लामो समय भइसकयो । उतै गोरखा तिरर्कै हुन् । तर,उनमा गीत संगीतको रुचि अध्यधिक नै छ । उनी राम्रो गीत गाउँछिन् । उनले केहि गीतहरु पनि रेकर्ड गराएकी छन् । झलकमान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साइला’बोलको गीत कभर गरेकी थिइनँ । जुन स्रोता दर्शकमाझ लोकप्रिय पनि छ ।
तपाईले रेकर्डिङ गरेका थुप्रै गीतहरु हिट भएका छन् । तपाईले मिक्सिङ गरेका गीतहरुले तहल्का मच्चाउदा कहिलै पर्दा अगाडी आउन मन लागेन ?
मलाई कहिले काँही चाही लाग्थ्यो । तर,अहिले लाग्दैन । किनभने मलाई यसैमा मज्जा छ ।(उनले हँस्यौली पारामा भने) मैले रेकर्ड गरेका र मिक्सिङ गरेका गीत गाउने कलाकारहरुको लाख फ्यान छन् तर, मेरो करोडौ । त्यस कारण मेरो करोडौ फ्यानलाई राम्रो गीत दिनु छ । त्यसका लागि मैले अझैँ सिक्नु पनि छ ।
कता कता मनमा त बिझ्छ होला नि ? आफ्नो सिर्जना गाउने गायक गायिकाहरुलाई आम दर्शकले परैबाट चिन्दा,म पनि एउटा दुइटा गीत निकालुम कि ? या गाउन पाए हुन्थ्यो कि ?
तपाईले भनेको कुरा सहि हो । तर, अहिले समय फेरिएको छ । किनभने पहिला एल्वममा होस् या गीतको भिडियोमा नाम समेत हाम्रो राखिन्न थ्यो । यो गीत कसले यति राम्रो बनायो होला भन्ने स्रोता दर्शकलाई हुँदैन थियो । या देखि कि गीतकार र संगीतिकारलाई समेत स्रोता दर्शकले चिन्दैन थिए । मैले गरेका हरेक गीतमा मेरो नाम राख्न लगाउथँे । एक पटक त यस बारेमा झगडा नै भएको थियो । पछि मेरै रोहवरमा गीत भिडियो गर्ने सर्जकहरुले हाम्रो नाम गीतको भिडियोका लाष्टमा राखिदिन थाल्नुभयो । अहिले त देश तथा विदेशबाट खोजि हुनु थालेको छ । यो मेरो अनुभव नै हो ।
तपाईले आफ्नो अनुभव भन्नुभयो ? कस्तो अनुभव ?
हामीले काम गर्दा त हाम्रो फोटो भिडियो बाहिर आउन्न तर, अचेल नाम आउन थालेको छ । केहि दिन अघिको कुरा मात्रै हो । एकजना मेरा फ्यानले विदेशबाट कल गर्नुभएको थियो । उहाँले मेरा गीतका बारेमा निकै जानकार दिनुभएको रहेछ । यसरी मान्छेले खोजी खोजी भेट्दा बोल्दाको मज्जा नै बेग्ले लाग्छ । देखि रहेको भन्दा पर्दा पछाडीको मान्छेलाई पनि अचेल खोजिनिती फ्यानहरुले गर्न थालेका छन् भन्नु खोजेको हो ।
अवको योजना के छ ?
मेरो यहि गीत संगीत हो । यसैमा अझैँ केहि गरौँ भन्ने छ ।