सुचना, समाचार र मनोरन्जन

“अक्सिजन र सिलिण्डरको समस्या समाधान भइसकेको छ, नआत्तिनुहोस् खोप पनि छिट्टै ल्याउँछौं ”

पोखरा /

लोकतान्त्रिक प्रणालीलाई पदभ्रष्ट बनाउने काम भएका छन् । अलोकतान्त्रिक पद्धतीलाई अगाडि बढाउने काम भइरहेको छ । जनता जसरी कोभिड १९ बाट भयावह किसिमबाट आक्रन्त छन् । विश्व नै समस्यामा छ । यस्तो अवस्थामा देशका सबै राजनीतिक दलहरु जनताको समस्या समाधानमा लाग्नुपर्ने हो ।

कोभिडको समय देखि सरकार परिवर्तनका खेल भएका छन् । व्यत्तिगत पिच्छेका महत्वाकांक्षालाई महत्व दिने काम भएको छ । देश र जनताले भोगेका समस्याको ध्यान अन्त मोड्न खोजियो । अवान्छित अस्वस्थ क्रियाकलाप भएका छन् । मौकाको फाइदा लिएर सरकारका राम्रा उपलब्धीपूर्ण कामलाई आझेल पार्ने काम भयो । चिरित्र हत्या गर्न खोजियो । सामान्तवादी कुसँस्कार गरियो ।

अपशब्दलाई सामाजिक संस्कार बनाउन खोज्नु देशका लागि दुखद पक्ष हो । सबैलाई कोभिड १९ विरुद्ध लडाई गर्न अनुरोध गर्दछु । महामारी नियमित प्रक्रिया होइन । अचानक आइलाग्ने कुरा हो । २०१९ को अन्त्यबाट खतरनाक भाइरस देखा पर्यो । जसलाई कोभिड १९ भनियो । त्यसले विश्वलाई नै आक्रन्त बनायो । यस्तो अवस्थामा पूर्व तयारी नहुनु स्वभाविक हो । यसलाई नै महामारी भनिएको हो ।

यस्तो महामारीका बेला अप्रर्याप्तता हुन्छ । अन्य मुलुकमा पनि यस्तो समस्या भयो । शव व्यवस्थापन विकसित राष्ट्र«हरुलाई पनि ठूलो समस्याको रुपमा आइपर्यो । कोरोनाको असर स्वभाविक रुपमा हाम्रो जस्तो देशमा पर्नु अस्वभाविक होइन । तर यसलाई हामीले व्यवस्थापन गर्न सफल भएका छौं । शुरुमा लकडाउन गर्दा विकराल ढंगले फैलन सकेन । पछिल्लो समयमा राजनीतिक वा सांस्कृतिक कारण, खुला सिमाना भएका कारण, कोभिड समाप्त भयो भन्ने सोचका कारण, छिमेकी मुलुक भारतमा भएको संक्रमण दरको कारण पनि संक्रमण फैलिएको छ ।

गत वर्ष लकडाउनको अवज्ञा नेताहरुबाटै भयो । तर्कका लागि तर्क गर्ने प्रवृति देखा पर्यो । दोस्रो भेरियन्टको सामाना गर्दा ठूलो मात्रामा अक्सिजन, भेन्टिलेटरको समस्या आयो । अब सिलिण्डरको समस्या समाधान भइसकेको छ । अक्सिजनको पनि समस्या छैन । जनताको ज्यान जोगाउन सिलिण्डर विदेशबाट प्लेन चढाएर ल्याएका छौं । स्थिति माथि जानुभन्दा तेस्रो तर्फ लागेको छ । ग्राफलाई तल झार्ने काम भइरहेको छ ।

भ्याक्सिन तत्काल सम्भव थिएन । भारतले भ्याक्सिन लगाउन शुरु गरेदेखि हामीले पनि शुरु गर्यौं । २० लाख भ्याक्सिन भारतबाट ल्याउन भुक्तानी पनि गरियो । १० लाख आयो तर अरु आको छैन।
केही मिसन पत्रकारहरु छन् । जसको काम उपलब्धी भन्दा पनि मार्मिक कहानी निकाल्ने भइरहेको छ । मार्मिक स्थिति निर्मुल पार्न साथ दिने नभई त्यसलाई बढवा दिने काम भइरहेको छ । हामी अहिले पनि अरु स्वास्थ्य सामाग्री मास्क, गलब्स, पीपीई, औषधि, अक्सिजन लाई आवश्यकताका आधारमा ल्याइरहेका छौं ।

रोग सर्न नपाओस् पहिलो ध्यान त्यसमा छ । सरीहाल्यो भने त्यसको उपचारका लागि ध्यान पुगेको छ । त्यसका लागि चिन, भारत, अमेरिका, रुस, बेलायतसँग कुराकानी भइरहेको छ । हामी विश्वस्त छौं भ्याक्सिन छिट्टै नेपालमा आउछन् । विश्व स्वास्थ्य संगठनसँग पनि कुराकानी भएको छ । नीजि क्षेत्रलाई पनि सरकारले साथमा लिएर हिडिरहेको छ । नआत्तिकन सरकारका प्रयासहरुमा साथसाथ हिड्न आग्रह गर्दछु ।

देशमा हामीले ल्याएको लोकतान्त्रिक प्रणाली हो । अर्को शब्दमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हो । यस प्रणाली व्यवस्थित गर्न र मुलुकलाई सुशासन ढंगले विकासको बाटोमा अगाडि बढाउन संविधानको निर्माण भएको हो । लोकतन्त्रको सही ढंगले उपयोग गर्दै सामाजिक सुशासन र सुव्यवस्था अप्नाउँदै विकासको बाटोमा बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामी कटिबद्ध छौं ।

अहिलेको सरकार वा नेतृत्वले आयोजना गरेको निर्वाचन होइन । प्रतिपक्ष दलले गराएको निर्वाचमा सहभागी भएर जनताको दुई तिहाई मतबाट अहिलेको सरकार बन्यो । शान्तिपूर्ण हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि तरिका परिवर्तन गर्न खोजिएको जस्तो देखिएको छ । लोकतन्त्रलाई सिध्याउने किसिमबाट विपक्षीहरु लागेका छन् । तर पनि हाम्रो लडाई निरन्तर लोकतन्त्र विरोधीहरु प्रति केन्द्रित छ ।

(आइतबार काठमाडौंको बालुवाटारमा पत्रकार भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका आधारमा)

कमेन्ट्स
Loading...