काठमाडौ । कृष्ण हरि चौहानको लोकदोहोरी ‘हिमाल राम्रो हिउँले’ सर्वाजनिक भएको छ । के प्लस इन्टरटेनटमेन्ट युटुब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक भएको हो ।
एक प्रेलि जोडीको कथामा आधारित रहेको गीतमा हिमालको चर्चा गरिरहेको छ । यस गीतलाई गायक स्वयंमले लेखेका छन् भने लय पनि उनैको रहेको छ । उनलाई गायनमा गायिका सुजिता योन्जनले साथ दिएकी छन् । यस गीतको एरेन्ज तथा मिक्सिङ बालकृष्ण सेवाचार्यले गरेका छन् ।
गीतको भिडियोलाई सन्तोष उल्सनले कोरियाग्राफी गरेका छन् भने अन्जु सुनार, सन्तोष उल्सन, राजिव नेपाल सन्तोष शंकरको भिडियोमा अभिनय देख्न सकिन्छ । यस गीतको भिडियो निर्माणमा सुवास फुयालले छायांकन तथा सम्पादन गरेका छन् भने मेकअपको काम सारदा कडेलको रहेको छ ।
