सुचना, समाचार र मनोरन्जन

प्रतिपक्षका सुझावलाई मनन गरिने छ : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

  •  
  •  
  •  
  •  

पोखरा /

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको यसअघिको सरकारले गरेका कामलाई अनुसरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज विश्वासको मत लिँदै उठेका प्रश्नको जवाफ दिँदै उनले प्रतिपक्षको सबै सुझावलाई मनन गर्ने बताए । विगतका अनुभवलाई अनुसरण गर्दै प्रदेश सरकारलाई समृद्ध तर्फ लैजाने प्रतिबद्धता उनको छ ।

मुलभुत रुपमा अविरल वर्षाबाट मनाङ, लमजुङ, गोरखा, कास्की, बागलुङ पर्वत हुँँदै ११ वटै जिल्लामा भएको विपती प्रति सरकारले सक्रियताका साथ राहतको व्यवस्थापन गर्ने उनले बताए । उनले भत्किएको संरचनाको पुर्ननिर्माण गर्ने बताए । ११ वटै जिल्लाका प्रशासन कार्यालय, विपत व्यवस्थापन समितिलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्ने गरी आर्थिक सहयोग उपलब्धता गराउने जनाए ।

पीडित पक्षलाई सहयोग गर्ने कार्यविधिप्रति आफु सचेत रहेको उनले बताए । अहिले सम्पूर्ण प्रदेश बासीलाई खोप उपलब्ध गराउनुपर्ने आवश्यकतालाई प्राथामिकता राखिएको बताउँदै पीसीआर टेष्टको निरन्तरतालाई समेत कायम राख्ने उनले जानकारी गराएका छन् ।

कमेन्ट्स
Loading...