सुचना, समाचार र मनोरन्जन

नेपाल भाषाको ‘लाखे आजु’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं : 

नेपाल भाषामा निर्माण भएको फिल्म ‘लाखे आजु’को पहिलो पोस्टर सार्वजनिक भएको छ । इन्द्रजात्राको छेको पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ ।

बिके फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । यस फिल्ममा गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ लाखे आजुको लगानी रहेको छ । यो फिल्मलाई चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।
नेपाल भाषाको पौराणिक कथा उठान गरेको फिल्ममा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठलगायतका कलाकारकोपनि अभिनय रहेको छ । फिल्ममा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् ।

लाखे आजुमा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रचना रहेको फिल्ममा दिपेन बस्न्यात र आर्यम नकर्मीको सम्पादन, समिर मियाँको भिएफएक्स र सुनिल श्रेष्ठको कलर रहेको छ ।

कमेन्ट्स
Loading...