सुचना, समाचार र मनोरन्जन
Election Commission V2

एक्सनले भरिपुर्ण फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक

काठमाडौं : 

आगामी कार्तिक ११ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार फूलपातीको दिन बडा दशैंको उपहारस्वरूप ट्रेलर रिलिज गरेको हो ।

सार्वजनिक ट्रेलरमा एक्सन र सस्पेन्स केन्द्रित रहेको देख्न सकिन्छ । फिल्मलाई नेपालीसँगै हिन्दी भाषामा पनि डबिङ गरिने फिल्मलाई नेपाल सहित भारतमा पनि प्रदर्शन हुने बताइएको छ ।सम्राट बस्नेत निर्देशित फिल्ममा गणेश मल्ल ठकुरीको प्रस्तुति रहेका छन् भने निर्माता सिजन अर्याल छन् ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, अर्पण थापा, सुशील सिटौला, प्रशान्त ताम्राकार, विजय बरालको मुख्य भुमिका रहेको छ भने फिल्मलाई ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरले निर्माण गरेको हो ।

साथै यो फिल्मको वितरण अधिकार रोहित कट्टेल रत्न श्रेष्ठको कम्पनि आर आर फिल्मस्ले किनेको छ।

कमेन्ट्स
Loading...