सुचना, समाचार र मनोरन्जन

बैशाख २३ गते हलमा लाग्दै ‘लक्का जवान’

काठमाडौ । हास्यकलाकार तथा निर्देशक शिवहरी पौडेलद्धारा निर्देशित फिल्म ‘लक्का जवान’ अव प्रदर्शन हुने भएको छ । कोरोना महामारीका कारण २०७६ चैत २१ गते प्रदर्शन हुन नपाएको फिल्म ‘लक्का जवान’ले दुइ वर्षपछि फेरि प्रदर्शनको तयारी थालेको छ । फिल्म वितरक गोपाल काजी कायस्थका अनुसार फिल्म आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ ।

फिल्मलाई एफडि कम्पनीले देशभर वितरण गर्ने जिम्मा लिएको समेत गोपालले जानकारी दिएका छन् । यो फिल्ममा नाम कहलिएका कलाकारहरुको ठूलो जत्था रहेको छ । प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

किरण केसी (ए राता मकैं) कार्यकारी निर्माता रहेको यस फिल्मको ‘यो होनी तरिका’ गीत दर्शकले अत्यधिक रुचाइएको गीत हो । जुन हिट भइसकेको छ । कमेडी बेसमा बनेको फिल्ममा किरण केसीका अलावा अन्सुया श्रेष्ठ, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी रहेको छ । मित्र डी गुरुङको सम्पादन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । शिवहरीले यस अघि सानो पर्दाका हाँस्यश्रृंखला ‘जिरे खुसार्नी,कुल बहादुर काका’ लगायत केहिमा निर्देशन गरिसकेका छन् ।

हास्य सिरियल जिरे खोर्सानीमा ‘प्याक्क मुखमा हान्नु जस्तो’ थेँगोका कारण दर्शकले मुखमा हान्नु जस्तो कै नामले चिन्दछन् ।
निर्देशक पौडेल यो फिल्म आफ्नो फिल्म अग्नी परिक्षा जस्तै रहेको बताउदै आएका छन् । उनी ‘छक्का पञ्जा’ टिमसँग रहेका फिल्म निर्माण समेत गरेका छन् । दर्जनौ फिल्ममा अभिनय गरेको र हास्य सिरियल निर्देशन गरेका अनुभव उनले आफ्नो पहिलो फिल्म ‘लक्का जवान’मा लगाएको बताएका छन् ।

कमेन्ट्स
Loading...