काठमाडौं ।
चोभारमा मर्निङ वाक गएका एक व्यक्ति आज विहान मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए ।
आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुसन्धाले देखाएको छ ।
शवको अवस्थिति हेर्दा निजको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।
मृतक कहाँका बासिन्दा हुन् भन्ने खुलेको छैन ।
