सुचना, समाचार र मनोरन्जन

लक्ष्मीको ‘मुकुमलुङ माङे’मा खुलेको अभिनय

काठमाडौ । गीतकार विष्णु इङ्नाम लिम्बुको नयाँ गीत ‘मुकुमलुङ माङे’ सार्वजनिक भएको छ । विष्णु कै युटुब च्यानलबाट सार्वजनिक भएको गीतलाई गायिका मिलन नेवारले स्वर दिएकी छन् । यस गीतलाई उत्तमजंग लिम्बुले संगीत भरेका छन् ।

यस गीतको भिडियोमा लक्ष्मी योङहाङ लिम्बु र तान्छोहाङ लिम्बुको अभिनय रहेको छ । लिम्बु भाषाको गीतमा लक्ष्मी र तान्छोहाङलाई प्रेमिल जोडीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भाव अनुसार उनीहरुको अभिनय जमेको देखिन्छ । निर्मल सुब्बाले खिचेको भिडियोलाई पर्शु थलङले सम्पादन गरेका छन् । झरना लिम्बुको मेकअप रहेको छ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds