सुचना, समाचार र मनोरन्जन

‘आइ लभ यु माइकल ज्याक्सन’ले नै मलाई चिनायो

काठमाडौं :  दुइ दशक भन्दा बढि गायन क्षेत्रमा लागेका कलाकार हुन् लक्षुप्रकाश मल्ल । पर्वत जिल्लामा जन्मिएका मल्लले २०५९ सालबाट निरन्तर म्युजिक क्षेत्रमा लाग्दै आएका छन् ।

२०६० सालमा दसैं आको छ बोलबाट नेपाली गायन क्षेत्रमा प्रवेश गरेका लक्षुले अहिलेसम्म २ सय भन्दा बढि गीतमा संगीत भरेका छन् । साथै गायन पनि उतिकै मात्रामा छ । ‘प्रिय,गाँजा चरेस,अफ्सरा,लगायत एल्वम समेत मल्लले निकालेका छन् ।

उनका ‘जन्मेपछि बाँचुन्जेलसम्म चाहिदो रहेछ धन,मर्ने बेला हरियो काँक्रो,भइयो तालु खुइले,खोला भरि आगो लाग्यो,बाउ बाजेको सकियो ढुकुटी, जोगी, आइ लभ यु माइकल ज्याक्सन’ लगायत थुप्रै गीतमा स्वर भरेका छन् । यस मध्ये ‘डोली चढि रमाउँदै गयौँ पराई घर र जन्मिएपछि बाँचुन्जेलसम्म’ सयौ गीतमा संगीत भरेका उनै वर्ल्ड रेकर्डकर्ता लक्षुप्रकाशसँग भोला अधिकारीले गरेको कुराकानी :

के छ तपाई को हाल खबर ?

एकदमै ठिक छु ।

फरक फरक प्याटनका गीत गाउन रुचाउनुहुन्छ है ?

एकै थरिका गीत त हरेकले गाइहाल्नुहुन्छ नि । म अलिक फरक गरौँ भनेर हो । माया प्रेम देखि अन्य गीतमा काम गर्न रमाइलो पनि लाग्छ मलाई । त्यसैले हो ।

गायक बन्छु भन्ने सोच कसरी आयो ?

स्कुलमा हुने कार्यक्रमहरुमा मैले गीत गाउने गरेको थिए । स्कुलमा हुँदा सर मिस र साथीहरुले मेरो गायन सुनेर हौशला दिनुहुन्थ्यो । गायनसँगसंगै मैले हार्मोनियम बजाउन थाले । विस्तारै मलाई गीत गाउनमा रुचि बढ्न थाल्यो । म गायनमा भन्दा बढि बाजा बजाउने कुरामा अब्बल हुन थाले ।

एसएलसी सकेपछि मैले काठमाडौँ आएर गीत रेकर्ड गराउने सोच बनाए । सोही क्रममा हो मैले पहिलो गीत ‘दसैं आको छ ’ एल्वम निकाले । पहिलो गीत भएर पनि होला स्रोता दर्शक माझ राम्रै छाप छोड्न सफल भयो ।

यो गीत त निकै रेडियो टेलिभिजनमा पनि बज्यो ? आफ्नो पहिलो गीत नै रेडियोबाट बज्दा कस्तो लाग्यो ?

दसैंको समयमा मैले यो एल्वम सार्वजनिक गरेको थिए । गीत सार्वजनिक भएपछि आफैले रेडियो टेलिभिजनमा बजाउनका लागि बुझाएको थिए । लोक गीत भएर पनि होला सबैले यो गीतलाई प्राथमिकताका साथ बजाइदिनुभयो । यो गीतको एउटा अन्तरा छ,‘कान्छा साहुले थपे हुन् सुन्ना, हामी गरिव बोलेर केही हुन्न’ एकदमै चर्चामा आएको थियो । स्रोतामाझ अहिले पनि यो अन्तरा चर्चामा छ । यो गीत हरेक दसैंको समयमा बज्ने गरेको छ ।

यो गीत निकालेपछि तपाईको सबैभन्दा बढि खुसीको क्षण कुन बेला थियो ?

मेरो खुसीको क्षण भएको यहि एल्वम निकालेको समय थियो । यो गीतको एल्वम बजारमा निकालेपछि म दसैंमा टीका थाप्नका लागि गाउ पर्वत गएको थिए । त्यहाँ जाँदा मेरो गीतहरु रेडियोमा घन्किरहेको सुने । नेपाल टेलिभिजनबाट आफ्नै गीतहरु बजिरहेको देख्दा असाध्यैँ खुसी भएको थिए । जुन मेरो लागि स्मरणिय क्षण पनि हो । अर्को कुरा के भयो भने मैले मेरो गीतको निकै एल्वम बोकेर गाउँ पुगेको थिए ।

गाउँमा नै रमाइलो गर्दै गीति एल्वम बेचौ भन्ने हेतुले तर, त्यहाँ म पुग्दा त मेरो गीत निकै हिट भइसकेको रहेछ । साथीभाई आफ्ना आफन्तले मैले लगेको गीत थुप्रै किनेर लगिदिनुभयो । पहिलो प्रयास नै सफल भएपछि मनमा एक प्रकारको हौशलाममा पैदा भयो । त्यसैले गर्दा अहिलेसम्म मैलै आफ्नो स्वर,संगीत र एरेन्ज गरि पाँच सय भन्दा बढिमा काम गर्ने मौका पाइसकेको छु ।

British college

पहिलो गीत नै हिट भएपछि त गीत गाउन अफरै अफर आयो होला है ?

यो बेलामा मैले गीति एल्वम बजारमा सार्वजनिक गरेपछि रेडियो टेलिभिजनमा बज्नु नै ठुलो कुरा थियो । किनभने यो समयमा चलेका गायक गायिका बाहेक नयाँ कलाकारको क्यासेट चल्नु नै ठुलो कुरा थियो । मैले थाहा पाउँदा यो समयमा राजु परियारका मात्रै धेरै जसो गीतहरु रेडियोमा धन्किन्थेँ । मैले चाही यो समयमा त्यस्तो मौका पाइनँ तर, निकै समयपछि भने मैले फिल्ममा पनि संगीत गर्ने मौका पाएको थिए ।

कुन फिल्ममा संगीत गर्ने मौका पाउनुभयो ?

मैले ‘दैलो’ भन्ने फिल्ममा संगीत गर्ने मौका पाएको हो । जसमा ‘लाग्यो मलाई कुतुकतु’ बोल रहेको छ । आइटम गीत भएकोले पनि होला निकै चलेको थियो । त्यसपछि मैले अन्य चलचित्रमा पनि काम गर्ने मौका पाएको थिए । कति फिल्म त रिलिज नै भएका छन् । के कारणले हो थाहा छैन ।

यो त आइटम गीत होइन र ?

हो । मैले पहिलो पटक फिल्ममा नै आइटम गीतमा संगीत भर्ने मौका पाए । जुन चल्यो पनि । यो फिल्म रिलिज हुँदा आइटम गीतको चलन बढेको थियो ।

तपाई आफ्नो गीतमा शब्द,संगीत,गायन र एरेन्ज आफै गर्नुहुन्छ ? यसले त केहि असर गर्छ होला नि ?

मलाई आफ्ना गीतहरु अरुको भन्दा फरक खाल्का हुन भन्ने लाग्छ । अरुका गीतहरु माया प्रेममा नै अल्झिएको देख्छु । तर, म केहि भिन्न गरौँ भन्ने लाग्छ । त्यस कारण पनि म आफ्नो गीत आफै तयार पार्छु । अरुका गीतमा पनि काम गरेको छु । तर, विशेष मेरो स्वरमा रहने गीतहरु म आफै नै कम्पोज गर्छु ।

कस्ता कस्ता खाल्का गीतहरु गाउन रुचाउनुहुन्छ ?

खास गरि मलाई फरक फरक खाल्का गीतहरु गाउन मन लाग्छ । विश्वमा जुन जुन प्याटनका गीतहरु सार्वजनिक हुन्छन् । ति भन्दा भिन्न खाल्का गीतहरु सार्वजनिक गरौँ भन्ने मेरो चाही चाहाना हो । तर,विस्तारै यस्ता गीतहरु मेरोतर्फबाट सार्वजनिक हुनेछन् र भइरहेका पनि छन् ।

कुन गीत हो ? जुन अरुको भन्दा फरक छ ?

मैले विश्वका चर्चित व्यक्तिहरुको नाम उच्चारण गरेर दुइ वटा गीत रिलि गरिसकेको छु । जुन गीत ‘आइ लभु यु’ पार्ट वान र पार्ट टु रहेको छ । यसपछि मैले पार्ट थ्री पनि रिलिजको क्रममा रहेको छ । यसरी अहिलेसम्म कसैले पनि विश्व चर्चित मान्छेहरुको नाम लिएर गीत गाएको छन् जस्तो मलाई लाग्दैन । त्यस्तै, मैले अर्को विश्वका धेरै देशहरुको नाम लिएर ‘आइ मिस यु’बोलको गीत समेत स्रोता तथा दर्शकमाझ ल्याइसकेको छु ।

तपाईको भनाई र काम गराईले आफुलाई विश्व किर्तिमान राख्ने सोचमा हुनुहुन्छ जस्तो लाग्यो ?

मैले त राखिसकेको छु नि । एभेरेष्ट वल्र्ड रेकर्डमा आफुलाई उभ्याइसकेको छु । यो भन्दा माथि अझै जाउ भन्ने मेरो इच्छा पनि हो । जुन म प्रयास गरिरहेको छु ।
यतिका वर्ष तपाईले गीत संगीतमा आफुलाई समर्पित गर्नुभएको छ । तपाईको विचारमा संगीत के रहेछ ?

संगीत भनेको मेरो विचारमा हरेक प्राणीलाई आनन्दित बनाउने एउटा माध्यम हो । जुन आवाज,शब्द, संगीत र नृत्यको मिश्रणले अरुलाई आन्दित दिनु नै संगीत हो । जसको कुनै भाषा,क्षेत्र,वर्ण केहि पनि हुँदैन । जुनसुकै ठाउँमा पनि चल्न सक्छ र जसलाई पनि संगीतले मोहित पार्छ ।

अबको योजना के छ ?

मैले केहि गीतहरु संकलन गरिरहेको छु । केहि संकलन गरेको पनि छु र हालसालै बजारमा ‘घुम पाकुम घुम’ बोलको गीत सार्वजनिक गरेको छु । साथै अर्को गजल पनि सार्वजनिक भएको छ । ‘धोकेबाज’ रहेको छ । यसैको प्रचारप्रसारमा लागिरहेको छु ।

कमेन्ट्स
Loading...