सुचना, समाचार र मनोरन्जन

एउटा बफादार कुकुर र मानिस बिचको गहिरो प्रेम, फिल्म ‘हाची’ अनि मेरो रूवाई

  •  
  •  
  •  
  •  

नविन घायल /

धेरै बर्ष पहिले नेपाल टेलिभिजनबाट हप्तामा एकपटक एउटा टेलिश्रङ्खला आउने गर्थ्यो । नाम थियो आज भोलिका कुरा । जुन श्रङ्खला निकै चर्चामा गएपछि यसको नाम फेरेर हिजो आजका कुरा बनाईयो। टेलिभिजनको इतिहासमा लामो समय सम्म चलेको टेलि फिल्म मध्ये यो श्रङ्खला पनि पर्थ्यो। सम-सामयिक बिषयबस्तुमा आधारित यस श्रङ्खलामा कथार निर्देशन सन्तोष पन्तको थियो। तर श्रङ्खला शुरू हुनु अगाडि टेलिभिजनको स्क्रिनमा यस टेलि श्रङ्खलाका पात्रहरू तथा घट्नाहरू सबै काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ भनेर आउँथ्यो । यो पढेपछि म सोच मग्न हुन्थे। कुनैदिन आफ्नो बास्तविक जिवन सँग मेल खाने फिल्म वा टेलिफिल्म हेरिएछ भने तेसको बारेमा लेख्ने छु भन्ने निर्णय मैले यतिबेलै गरेको थिए।

फिल्म र टेलिफिल्म पनि मानिसले नै बनाउने हो , यसरी बनाउदा एक न एक मानिसको जिवनको हिस्सा उक्त फिल्म सँग मिल्न जान्छ। त्यसो त म कुनैबेला रंगपत्रकार थिए। मोफसलमा रहेर चलचित्र हेर्नु, समिक्षा गर्नु मेरो काम नै थियो। झण्डै ३० जति नेपाली चलचित्रको समिक्षा गरेर पत्रिकामा छापे पनि।

दिनहरू बित्दै गए। टेलिभिजन बाट आउने अन्य टेलिफिल्ममा पनि यसैगरी शुरू हुनुभन्दा अगाडि कुनै पनि म्युजिक नबजाईक यहि ब्यहोरा राख्न थालियो। तर मैले हिजो आजका कुरा हेर्न थालेबाट जिवनमै पहिलोपटक यो खालको ब्योहोरा राख्ने गरेको देखेको थिए। यस्तैमा एकदिन मेरो आफ्नै भाई प्रकाशले घरमै बसेर नेपाल टेलिभजनमै एक हिन्दी फिल्म हेर्दै थियो। उसले पनि त्यो फिल्म शुरू हुनु अगाडि अंग्रेजीमा यस्तै कुरा लेखेको देखेको रहेछ। उसले फिल्म हेर्दै गर्दा प्रसंग यहि कुराको उठाए । अनि सोधे वास्तविक जीवन सँग मेल खाने फिल्म कस्तो हुन्छ, उसले भन्यो कुनै पनि फिल्मको कथा तपाईंको जिवन सँग मिल्न गयो भने त्यसलाई संयोग भन्ने हो , तर यो सबैमा लागु हुदैन, फिल्म र टेलिफिल्म पनि मानिसले नै बनाउने हो , यसरी बनाउदा एक न एक मानिसको जिवनको हिस्सा उक्त फिल्म सँग मिल्न जान्छ।
त्यसो त म कुनैबेला रंगपत्रकार थिए। मोफसलमा रहेर चलचित्र हेर्नु, समिक्षा गर्नु मेरो काम नै थियो। झण्डै ३० जति नेपाली चलचित्रको समिक्षा गरेर पत्रिकामा छापे पनि।

आफ्नै जिवन सँग मेल खाने चलचित्र भने कुनै पनि भेटेको थिईन। तर पछिल्लोपटक पटक हेरको एक फिल्मका केहि हिस्साहरू मेरो जिवनको भोगाईको पाटो सँग जोडिन पुगेको छ ।

जुन चलचित्रको बारेमा लेखेपनि तेसमा माया प्रेम, बिछोड, हिरोईनको बलात्कार हुन खोज्ने, हिरोले बचाउने, एकजना हिरोले आठर दश गुन्डालाई मार्ने, आदी बाहेक खासै नयाँ केहि हुदैनथ्यो । यस बिचमा दुई चार वटा ऐतिहासिक चलचित्रको बारेमा पनि लेखे। तर यसले ईतिहासमा यस्तो रहेछ भन्ने जानकारी मात्र हुन्थ्यो। फिल्म हेर्दा रमाईलो लाग्थ्यो, कथामा बगेर , आफुलाई सोहि फिल्म को पात्र सँग रूपान्तरण गरेर हेर्दा कहिलेकाही भावनामा बगिन्थ्यो, कहिलेकाही मन भारी भएर आउँथ्यो भने कहिले क्रोध उत्पन्न हुन्थ्यो। यसरी फिल्म हेर्ने सन्दर्भमा हिन्दी नेपाली र अंग्रेजी गरेर लगभग दुई सय पचास जति चलचित्र हेरियो होला । तर यी चलचित्रहरू केबल मनोरञ्जनको हिसाबले मात्र हेरियो । आफ्नै जिवन सँग मेल खाने चलचित्र भने कुनै पनि भेटेको थिईन। तर पछिल्लोपटक पटक हेरको एक फिल्मका केहि हिस्साहरू मेरो जिवनको भोगाईको पाटो सँग जोडिन पुगेको छ ।

जुन फिल्म हेरेर म रातभरि रोए। यति धेरै आँशु यसअघिका फिल्ममा कहिल्यै बगेका थिएनन्। मैले माथी उल्लेख गरे अनुसार यस फिल्मको केहि हिस्सा मेरो वास्तविक जिवन सँग मेल खान गएको छ। फिल्मको नाम हो ‘हाची’। कहिकतै यो नामलाई हाचिको पनि भनिएको छ।

जुन फिल्म हेरेर म रातभरि रोए। यति धेरै आँशु यसअघिका फिल्ममा कहिल्यै बगेका थिएनन्। मैले माथी उल्लेख गरे अनुसार यस फिल्मको केहि हिस्सा मेरो वास्तविक जिवन सँग मेल खान गएको छ। फिल्मको नाम हो ‘हाची’। कहिकतै यो नामलाई हाचिको पनि भनिएको छ। यो फिल्म सत्य घट्नामा आधारित रहेर बनाईएको रहेछ। फिल्मको वास्तविक कथा जापनको रहेछ। फिल्ममा हाची भन्ने नाम कुकुरलाई दिईएको छ। त्यसो त फिल्म नयाँ भने होईन। सन् २००९ मा बनेको यस फिल्मको कथा कुकुर सँग सम्बन्धित छ। एउटा कुकुरले आफ्नो मरेर गएको मालिक लाई रेल स्टेसनमा नौ बर्ष नौ महिना १५ दिन सम्म गरेको पर्खाई अनि दोस्तिको बारेमा फिल्ममा देखाएको छ। कथा अनुसार पार्सल गरि लैजादै गरिएको एक सानो कुकुर आफुलाई थुनि राखेको सानो पिजडा केज सहित रेल स्टेसनमा खस्छ। त्यो कुरा पार्सल लादै गरेको मान्छेलाई थाहा हुदैन । अनि त्यो सानो ककुर त्यो पिजडा बाट बाहिर निस्किएर रेल स्टेसनमा यता उता हिड्न थाल्छ। यतिकैका विल्सन नाम गरेका एकजना प्रोफेसरले त्यो कुकुुर फेला पार्छन् र स्टेसनको मास्टरलाई गएर सोध्छन्। ति मास्टरले यो कुकुर म लामो समय राख्न सक्दिन तपाईं नै लैजानुहोस् भन्छन्। यदि कोही खोज्न आएमा म तपाईंको नम्बर दिनेछु भन्छन्।

बाबु छोरि कुकुर सँग खेलेर रमाउदै गरेको देख्दा आमाको पनि मन बद्लिन्छ र कुकुरलाई अब सधै घरमा राख्ने कुरामा सहमत हुन्छिन। दिन बित्दै जाँदा त्यो सानो कुकुर ठुलो हुन्छ र तिनै मालिक विल्सन सँग उसको दोस्ति , प्यार अनि बफादारी बढ्दै जान्छ।

घरमा ती प्रोफेसरकी बुढिलाई ककुर मन पर्दैन र त्यो कुकुरलाई अन्तै जिम्मा लगाउने भन्छिन्। तर भनेजस्तो कतैपनि हुदैन । कुकुर राख्न कोहि नमानेपछि विल्सनले कुकुर घरै फिर्ता ल्याउछन् र सानो खोर बनाएर राख्छन्। घरमा सानो कुकुर ल्याएको कुरा विल्सनको छोरिलाई भने मन पर्छ। उनले आफ्नो बाबालाई कुकुर घरमै राख्न भन्छिन्। बाबु छोरि कुकुर सँग खेलेर रमाउदै गरेको देख्दा आमाको पनि मन बद्लिन्छ र कुकुरलाई अब सधै घरमा राख्ने कुरामा सहमत हुन्छिन। दिन बित्दै जाँदा त्यो सानो कुकुर ठुलो हुन्छ र तिनै मालिक विल्सन सँग उसको दोस्ति , प्यार अनि बफादारी बढ्दै जान्छ। अब हरेक दिन त्यो कुकर हाचिले मालिक लाई रेल स्टेशन सम्म छोड्न जाने र बेलुकि पाँच बजेपछि स्टेशन सम्म लिन आउने गरिरहन्छ। यो क्रम चलिनै रहन्छ, दिन महिना हुदै केहि बर्षहरू बित्न थाल्छ। यतिकैमा एकदिन कलेजमा पढाईरहेको बेला प्रोफेसर विल्सनको हर्ट अट्याकका कारण मृत्यु हुन्छ । तर उता हाची भने साँझ पाँच बजे उनलाई लाई लिन स्टेसन आईसकेको हुन्छ। उसले अन्तिम रेल आउदा सम्म पनि मालिक लाई कुरिरहेको हुन्छ यतिकैमा विल्सनको छोरिको श्रीमान् आएर हाचिलाई लैजान्छन्।

म अस्ट्रेलिया आउनु अघि पोखरा स्थित जय शम्भो अंकलको घरमा बस्थे। जय शम्भो अंकल धार्मिक हुनुहुन्थ्यो । एकदिन वहाँका भक्तजनहरू मध्ये एकले उहाँलाई घरको सुराक्षार्थ भनेर एक सानो कुकुर छाउरो ल्याएर दिए। जुन छाउरो जर्मन सेफर प्रजातिको थियो।

विल्सन मरेर गएको बर्षो हुदा सम्म पनि त्यो कुकुर त्यही रेल स्टेशनमा बेलुकि पाँच बजेपछि मालिक आई पो हाल्छन् कि भनेर आउने गर्छ र उ सधै जसो कुर्ने ठाँउमा बसेर कुर्न थाल्छ। रेल बाट झर्ने प्रत्येक यात्रुहरू सँग मालिकको अनुहार मिलाउने कोशिस गर्छ तर असफल हुन्छ। यसरी मालिकलाई नौ बर्ष नौ महिना सम्म कुर्दा कुर्दै कुकुर पनि मर्छ र फिल्मको कथा सकिन्छ । यो त भयो फिल्म को समग्र कथा । अब मेरो जीवनमा कुकुर सँगको हिस्सा पनि यस्तै रहेको छ। फिल्ममा जस्तो सम्पूर्ण रूपमा कथा संयोग नमिलेपनि कुकुरले मलाई गर्ने माया त्यो मालिकको भन्दा कम थिएन। म अस्ट्रेलिया आउनु अघि पोखरा स्थित जय शम्भो अंकलको घरमा बस्थे। जय शम्भो अंकल धार्मिक हुनुहुन्थ्यो । एकदिन वहाँका भक्तजनहरू मध्ये एकले उहाँलाई घरको सुराक्षार्थ भनेर एक सानो कुकुर छाउरो ल्याएर दिए। जुन छाउरो जर्मन सेफर प्रजातिको थियो।

कुकर ठुलो हुदै गयो र सबैलाई चिन्ने भयो। तर मेरो भने त्यस कुुकुर सँग बिशेष सम्बन्ध थियो। म काममा गएको बेला तिनै सल्यानि आमा सँग बस्थ्यो भने म काम बाट आएपछि कुकुर म सँग खेल्थ्यो।

फिल्ममा जस्तै मलाई पहिलो पटक देख्दा नै त्यो सानो कुुकुर मन परिसकेको थियो। जय शम्भो अंकल अध्यात्मिक तर्फ धेरै नै ब्यस्त हुने भएको कारणले त्यो सानो कुुकुर लाई उहाँले समय दिन भ्याउनु भएको थिएन। अर्को कुरा उहाँको घरको सटरमा एक किराना दोकान पनि थियो। जुन दोकानलाई कास्की सल्यान तिरका बा-आमाले चलाउने गर्थे। मेरो कोठा र उहाँहरूको दोकान एउटै फ्लोरमा थियो। मैले ती बा,आमालाई मायाको भावले सल्यानी बा, सल्यानी आमा भनेर बोलाउने गर्थे। जय शम्भो अंकल भने दोस्रो तल्लामा बस्नु हुन्थ्यो। उहाँले समय दिन नभ्याएपछि सानो कुकुर हामि सँगै तल बस्थ्यो। दिन बित्दै गयो तिनै सल्यानी आमा र मेरो हेरचाहमा कुकुर ठुलो हुदै गयो। तेसो त कहिलेकाही जय शम्भो अंकलका छोराहरू आन्टीले पनि कुुकरलाई माया गर्ने, खेलाउने नगरेका भने होईनन्। कुकर ठुलो हुदै गयो र सबैलाई चिन्ने भयो। तर मेरो भने त्यस कुुकुर सँग बिशेष सम्बन्ध थियो। म काममा गएको बेला तिनै सल्यानि आमा सँग बस्थ्यो भने म काम बाट आएपछि कुकुर म सँग खेल्थ्यो।

कुकरले म बाट खानेकुराको आश गरिरहन्छ भनेर कहिलेकाही मासु पसल बाट कुखुराको खुट्टा र टाउको ल्याएर पनि खुवाउने गर्थे । मेरो मोटरसाईकलको आवाज सुनेपछि दगुर्दै आएर मलाई बाईकमै चढेर सुम्सुम्याउन खोज्थ्यो। खासमा जे भएपनि उसले मलाई खोज्छ, माया गर्छ भन्ने महशुस हुन्थ्यो मलाई । यता मेरी श्रीमतिलाई कुकुर मनै पर्दैनथ्यो। फिल्मको कथा जस्तै कुकुर भनेसी उ अनुहार अँध्येरो बनाउँथी। कुकुर भनेसी पर पर भाग्थी। कति कुकरसँग खेलेको,अफिस जान पर्दैन भन्थी । बिहान उठेर मर्निङ वाक जाँदा होस् ,वा बेलुकी काम बाट फर्किदा होस् कुुकुर मेरो पछि लाग्ने र म सँगै आएर गुटुमुटु परेर बस्ने गर्थो। फिल्ममा जस्तै मलाई काम बाट फर्किनासाथ खुसि हुदै घाँटी र गाला सम्म चाट्न आउँथ्यो । बिहान काममा जाने बेलामा पनि मलाई सुम्सुम्याउदै, हेर्दै मेरो बाईकको पछि पछि दौडन्थ्यो।

त्यसो त मैले म बसिरहेको घरको पछाडिको खाली जग्गामा गाडि राख्ने ब्यवस्था मिलाएको थिए। तर पनि रातको समयमा खुला ठाउँमा गाडि राख्दा तलमाथि केहि हुन्छ कि भन्ने नै थियो। जब मैले गाडि लिएको एक हप्ता जति भएको थियो त्यसपछि भने कुकुर गाडि मुनि गएर सुत्न थाल्यो।

म बसेको घर नजिकै एउटा सानो खोल्सो थियो र त्यो खोल्सा माथि पुल थियो र त्यो पुलमा मैले बाईक रोकेर ल अब घर जा भनेसि फर्किन्थो। बेलुकि मेरो घर फर्किने समय निश्चित नभएपनि उ घरको ढोका बाहिर कुरिरहन्थो। यस्तैमा एकदिन मैले काम गरिरहेको अफिस एल आई सि बाट टार्गेट मिट गरेर कार लिए। कार लिएपछि घरमा राख्नलाई ग्यारेज थिएन। गाडि बाटोमै राख्नु पर्ने अवस्था थियो। बाटोमा राख्दा बिशेषगरी रातको समयमा कसैले गाडि तोडफोड गर्छ कि भन्ने निकै डर थियो। त्यसो त मैले म बसिरहेको घरको पछाडिको खाली जग्गामा गाडि राख्ने ब्यवस्था मिलाएको थिए। तर पनि रातको समयमा खुला ठाउँमा गाडि राख्दा तलमाथि केहि हुन्छ कि भन्ने नै थियो। जब मैले गाडि लिएको एक हप्ता जति भएको थियो त्यसपछि भने कुकुर गाडि मुनि गएर सुत्न थाल्यो।

यसपछि भने मलाई ढुक्क भयो। किनकि उसले गाडिलाई पहरा दिन थालिसकेको थियो। राति केहि गडबड हुनासाथ कुकुर भुकिहाल्थ्यो र मान्छेहरू तर्सिएर गाडिको छेवैमा पर्दैनथे। यसरि झण्डै छ महिना सम्म उ गाडिको मुनि सुत्यो। समयको क्रम सगै गाडि बेचेर, भएको जागिर छोडेर अस्ट्रेलिया जान तम्सिए। भिषा आईसकेपछि सबैसँग बिदा भएर के घर बाट निस्कदै थिए कुकर पनि ठिक अगाडि आईपुग्यो। मलाई लाग्थ्यो उसले पनि म घर छोडेर जादै छु भन्ने थाहा पाईरहेको छ। अरू दिनको भन्दा उसको हेराई यो दिन बेग्लै थियो। त्यहाँ मलाई बिदाई गर्ने अरू धेरै मानिसहरू पनि थिए। मेरो घाँटि बिदाईको खादाले भरिएको थियो। यतिकैमा त्यो कुकर मेरो नजिक आएर कुईकुई गर्न थाल्यो। उसले के भन्न खोजेको मैले बुझिन। मलाई लिन अघिनै ट्याक्सि आएर बसिरहेको थियो, जब म ट्याक्सि चढेर गए उ मेरो ट्याक्सीको पछि पछि दौडदै थियो। बिदाईको माहोल भएको हुनाले मनमा खल्लो भईरहेको थियो ।

लगातार दश मिनेट जति कुकरले मलाई छोड्दै छोडेन । यो सबै देखेर मेरी श्रीमति दंग परिन। किनकि उनि स्कुटरको पछाडि थिईन। वरपर उभिएर हेर्नेले समेत नबिन बावुले पहिला एकदम माया गर्ने भएर यो कुकुरले छोड्न नमानेको हो भने। अनि मेरी श्रीमतिले भनिन् अब तपाईं अस्ट्रेलियाबाट सधैंका लागि फर्के पछि एउटा कुकुर पाल्नु पर्ला त्यो पनि तपाईंको लागि।

मेरो ध्यान एकाग्र हुन सकिरहेको थिएन। त्यो कुकुर म चढेको गाडिको पछि पछि कहाँ सम्म दगुर्दै आएर फर्कियो थाहै पाईन। अस्ट्रेलिया आएको दुई बर्ष पछि छुट्टिमा नेपाल गए। नेपाल गएको एक हप्ता पछि म त्यहि ठाउँमा सबैलाई भेट्न गए। भेटघाट गरेर के निस्कदै थिए टुप्लुक्क कुकुर पनि त्यहि आईपुग्यो। त्यसो त मेरो आँखाहरूले कुकुर कता छ भनेर पहिल्यै नै खोजिरहेको थियो। दुई बर्ष पछि देख्दा पनि उसले मलाई एकैपटकमा ठम्यायो। अनि खुशि हुदै पुच्छर हल्लाउँदै उहि चाट्ने सुम्सुम्याउने , खुशिले भुक्ने, गर्न थाल्यो। मैले पनि उसलाई मायाको भाव दर्शाए। उसले मलाई छोड्नै मानेन। मेरो स्कुटरको बिच भागमा आएर चढ्यो। मैले पन्छाउने कोशिस गरे मानेन। लगातार दश मिनेट जति कुकरले मलाई छोड्दै छोडेन । यो सबै देखेर मेरी श्रीमति दंग परिन। किनकि उनि स्कुटरको पछाडि थिईन। वरपर उभिएर हेर्नेले समेत नबिन बावुले पहिला एकदम माया गर्ने भएर यो कुकुरले छोड्न नमानेको हो भने। अनि मेरी श्रीमतिले भनिन् अब तपाईं अस्ट्रेलियाबाट सधैंका लागि फर्के पछि एउटा कुकुर पाल्नु पर्ला त्यो पनि तपाईंको लागि।

संयोगबश एक हप्ता अगाडि रातिको समयमा कोठमा बसेर फिल्म हाचि हेर्दै थिए। शुरूमा त यो फिल्म के राम्रो होला र भन्ने लागेको थियो। फिल्म हेर्न थालेको पाँच मिनेटमै आँखाभरि आँशु भरिन थाल्यो। फिल्ममा देखाईएको दृश्य अनि कुकुरको कथा र मेरो कथा सम्बन्ध धेरै नै मिल्यो। फिल्म हेर्दा हेर्दै मन भारी भएर आयो र भक्कानो छुट्ने गरि रोए। आफुलाई सम्हाल्नै सकिन र लगातार रातिको तीन बजेसम्म रोए।

फिल्ममा जस्तै मेरो श्रीमान् कुकुर भनेसी रमाउने अनि भुल्ने बानि रहेछ भन्ने बुझिन उनले। साच्चै नै भन्ने हो भने मलाई सानै देखि कुुकुर अनि बाख्राको पाठा पाठी सारै मन पर्थ्यो । गाउँमा जन्मे, हुर्केको हुनाले गाई, गोरू, भैसी आदी जनाबरसँग रमाउनु कुनै नौलो थिएन। जनावरको आनिबानि सँग नजिकबाट परिचित थिए। यसमा पनि बिशेष कुकर नै थियो। नेपाल गएको एक महिना पछि फेरि अस्ट्रेलिया फर्किए। नेपालमा छुट्टिमा बिताएका ती थुप्रै रमाईला दिनहरू सम्झने क्रममा कहिलेकाही यहि कुकुरको याद आउँथ्यो। अस्ट्रेलियामा लकडाउनका कारण कामकाज ठप्प थियो। सिड्निमा राति नौ बजेपछि कर्फ्यु भएको कारण झनै घरबाट बाहिर निस्कने अवस्था थिएन। संयोगबश एक हप्ता अगाडि रातिको समयमा कोठमा बसेर फिल्म हाचि हेर्दै थिए। शुरूमा त यो फिल्म के राम्रो होला र भन्ने लागेको थियो। फिल्म हेर्न थालेको पाँच मिनेटमै आँखाभरि आँशु भरिन थाल्यो। फिल्ममा देखाईएको दृश्य अनि कुकुरको कथा र मेरो कथा सम्बन्ध धेरै नै मिल्यो। फिल्म हेर्दा हेर्दै मन भारी भएर आयो र भक्कानो छुट्ने गरि रोए। आफुलाई सम्हाल्नै सकिन र लगातार रातिको तीन बजेसम्म रोए।

फिल्ममा देखाईएको सिनहरू मध्ये रेल स्टेसनमा अलपत्र परेर लुखुर लुखुर हिडिरहेको सानो अवस्थाको कुकुर, मालिक कति बेला झर्छ भनेर कान ठाडो पारेर रेल बाट झर्दै गरेका मानिसहरू नियाल्दै बसिरहेको हाचीको त्यो दृश्यले झनै रूवायो।

फिल्ममा देखाईएको सिनहरू मध्ये रेल स्टेसनमा अलपत्र परेर लुखुर लुखुर हिडिरहेको सानो अवस्थाको कुकुर, मालिक कति बेला झर्छ भनेर कान ठाडो पारेर रेल बाट झर्दै गरेका मानिसहरू नियाल्दै बसिरहेको हाचीको त्यो दृश्यले झनै रूवायो। फिल्म हेर्दै जाँदा नेपालमा रहेको आफ्नो कुकुर लाई सम्झेर त्यो रात निदाउनै सकिन। फिल्म हेरिसकेपछि कुकुर पाल्ने, ब्यहोर्ने र कुकुरलाई माया गर्ने जो कोहिले पनि यो फिल्म हेरे भने पक्कै पनि रून्छन् भन्ने लाग्यो। बिशेषगरी कुकुर सँग खेलेका र लामो समय आफ्नो कुकुरलाई मिस गरेकाहरूले यो फिल्म हेरे भने शुरू बाट अन्तिम सम्म रूने बनाईदिने कारूणिक दृश्य फिल्ममा छ। भोलिपल्ट दिउँसो फिल्म हाचि हेरेको बारेमा सबैलाई सुनाए। यो मध्ये काठमाडौं घर भएका अजित खड्का पनि बेस्सरी रोएका रहेछन्। उनको पनि घरमा यस्तै एक सानो कुकुर रहेछ। त्यो कुकुरको खुट्टामा चोट लागेको कारण पछि सो कुकुरको खुट्टा नै प्यारालाईसिस भएको रहेछ। फिल्म हेर्दै जाँदा अजित घरमा भएको अशक्त कुकुर सम्झेर रोएका रहेछन्। भन्नैपर्दा ईमान्दारी , दोस्ति, प्यार अनि बफादारिको एकमात्र प्रतिक कुकर हो भन्ने कुरा फिल्म हाचीमा देखाएको छ।

यस बिचमा रमाईलो कुरा के छ भने बिश्वभरि फैलिएको कोभिड माहामारीका कारण यसबाट बच्नको लागि जापानी जनताले यतिबेला रेल स्टेसन अगाडि रहेको उक्त हाचिको मुर्तिको मुखमा समेत मास्क लगाईदिएका छन्। यसलाई हामीले सकारात्मक शन्देशको रूपमा लिनुपर्छ।

मानिसको साथमा अरू कोहि नभएपनि जिवनको अन्तसम्म कुकरले साथ दिन सक्छ भने प्रतिकात्मक अर्थ पनि फिल्ममा छ। नौ बर्ष नौ महिना पन्र्ध दिन सम्म आफ्नो मालिक लाई कुर्दा कुर्दै कुकुर बुढो भएर मरेको हुनाले जापानको सिबुया रेल स्टेसन अगाडि हाचिको सम्झनामा मुर्ति बनाएर राखिएको छ। पर्यटकहरू समेत जापान घुम्न गएको बेला केहि गरि सिबुया रेल स्टेसन पुगे भने उनिहरू हाचिको मुर्ति सँगै आफ्नो सेल्फि वा फोटो खिच्न भिड लगाउने गरेको देख्न सकिन्छ । यस बिचमा रमाईलो कुरा के छ भने बिश्वभरि फैलिएको कोभिड माहामारीका कारण यसबाट बच्नको लागि जापानी जनताले यतिबेला रेल स्टेसन अगाडि रहेको उक्त हाचिको मुर्तिको मुखमा समेत मास्क लगाईदिएका छन्। यसलाई हामीले सकारात्मक शन्देशको रूपमा लिनुपर्छ।

कमेन्ट्स
Loading...