परिचय प्रोफाइल…
चुनावी चहलपहल :
आँखाको नानीमा राखे पनि नबिझाउने प्रकाश बराल सरल, मृदुभाषी, इमान र निष्ठाको प्रतीक हुन् । ढाँटछल र छलकपटभन्दा पर रहेका बराल मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की क्षेत्र नं. ३ ख बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार हुन् । आफ्नो निर्वाचन क्षेत्रको भूगोलको पूर्ण जानकारी उनलाई ज्ञात छ । आफू जन्मे हुर्केको गाउँ पोखरा महानगरपालिकाको पुम्दीभुम्दी, चापाकोट, कास्कीकोट, मालेपाटन, बैदाम साथै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी, सल्यान, लुम्ले, दाङसिङ, घान्दु्रक, अन्नपूर्ण वेसक्याम्पससम्म उनी पुगेका छन् । फेवातालको साँधदेखि अन्नपूर्ण हिमालको काँधसम्म घरदैलोमा आफ्ना पाइला चालिरहेका छन् ।
जनताको घरआँगनसम्म मात्रै होइन उनी मतदाताको मनसम्म पुग्न भ्याएका छन् । मतदातासँग उनले ठूलाठूला कुरा गरेका छैनन् । जनताका सानासाना समस्या सुनेका छन्, कतिपय सास्ती र गोता जनताले नसुनाउँदै उनी आफैले बोध गरेका छन् । हो गाउँ उजाडिएको छ, शिक्षा, स्वास्थ्य र रोजगारीका कारण वस्ती शुन्य भएका छन् । हिजोका सुन्दर गाउँहरू बञ्जर भएका छन् । आधारभूत कुरा गाउँमै हुने हो भने सहर झर्ने रहर हुँदैन त्यसलाई सम्बोधन गरेर जनताको वास्तविक जनप्रतिनिधि हुने प्रतिवद्धता गरिहेका छन् ।
जनताको घरआँगनसम्म मात्रै होइन उनी मतदाताको मनसम्म पुग्न भ्याएका छन् । मतदातासँग उनले ठूलाठूला कुरा गरेका छैनन् । जनताका सानासाना समस्या सुनेका छन्, कतिपय सास्ती र गोता जनताले नसुनाउँदै उनी आफैले बोध गरेका छन् । हो गाउँ उजाडिएको छ, शिक्षा, स्वास्थ्य र रोजगारीका कारण वस्ती शुन्य भएका छन् । हिजोका सुन्दर गाउँहरू बञ्जर भएका छन् । आधारभूत कुरा गाउँमै हुने हो भने सहर झर्ने रहर हुँदैन त्यसलाई सम्बोधन गरेर जनताको वास्तविक जनप्रतिनिधि हुने प्रतिवद्धता गरिहेका छन् । गाउँको मौलिक संस्कृति, पहिचान र रैथाने विशेषतालाई सुरक्षित बनाउन उनले संकल्प गरेका छन्। जनजीविकाको सवाललाई आत्मासात गर्दै प्रतिवद्धता गरेका छन् ।
पर्यटकले पदमार्ग खोजेका छन्, जनताले मोटरबाटो चाहेका छन् यी दुवैलाई उनले समानान्तर विकासको मोडेलमा ढाल्ने योजना बनाएका छन् । पदमार्गको प्रवद्र्धन, पोर्टर र होटलको सुरक्षा आवश्यक छ । स्रोत भएर पनि सोच नहुँदा किनारामा पारिएको वास्तविकतालाई विचार गरेर विकास निर्माणमा खरो खवरदारी गर्न चुक्ने छैन् भन्ने दृढ इच्छा, संकल्पसहितका प्रकाश सतिसाल झै अडिग छन् । जनताका सुखदुखमा समसाथ दिन तयार उनी मतदाताले खोज्न नपरोस् घरदैलोमै पुग्छु भन्ने अठोट गर्छन् ।
आफू राजनीतिमा होमिएको कारण कुनै व्यक्ति विशेषलाई रिझाउन नभइ, जनताको सपना पूरा गर्न, पूर्वाधार विकासमा पहुँच पु¥याउन र राजनीतिमा निष्ठा र इमानदारिता देखाउनका निम्ति हो भन्छन् । उमेर, विचरा र चेतनाले तन्नेरी प्रकाशमा काम गर्नै हुटहुटी मात्रै होइन् । रूपान्तरणको खाका र सपना पनि साथमा छ ।
आफू राजनीतिमा होमिएको कारण कुनै व्यक्ति विशेषलाई रिझाउन नभइ, जनताको सपना पूरा गर्न, पूर्वाधार विकासमा पहुँच पु¥याउन र राजनीतिमा निष्ठा र इमानदारिता देखाउनका निम्ति हो भन्छन् । उमेर, विचरा र चेतनाले तन्नेरी प्रकाशमा काम गर्नै हुटहुटी मात्रै होइन् । रूपान्तरणको खाका र सपना पनि साथमा छ । राजनीतिक आस्था, आदर्श, सिद्धान्त, मूल्यमान्यता, संस्कार र संस्कृतिप्रतिको निष्ठा जोगाएर युवा पुस्तालाई घरदेशमै रमाउने र थमाउने वातावरणका लागि आवाज उठाउँछु भन्छन् । लय र लिपिलाई विग्रन्न दिन्न भन्छन् ।
प्रकाशको पृष्ठभूमि:
संसारमै स्वर्गको जस्तो टुक्रा पोखरा नजिकैको दक्षिण फर्किएको पाखो पुम्दीभुम्दी लुकुन स्वाँरा गाउँ अहिले पनि ग्रामीण जीवनको झल्को दिने खालको छ । त्यही गाउँमा प्रकाश बरालको जन्म वि.सं. २०३५ मङ्सिर ३० गते हालको पोखरा महानगरपालिकाको वडा नं. २२ मा भएको हो । पेशाले शिक्षक बुबा लोकराज बरालका दुई नाल मध्येका साहिँला र आमा मञ्जु बरालको पहिलो सन्तान प्रकाशका ५ दाजुभाई र ३ दिदीबहिनी छन् । सामान्य मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका प्रकाश मार्टिन टप्पर प्रवृत्तिभन्दा माथि उठेका छन् ।
लेखपढको गोरेटो:
लुकुन स्वाँराकै शुक्रराज माध्यमिक विद्यालयबाट अङ्क अक्षर चिन्न सुरु गरेका प्रकाशले मावली घर पर्वत ग्यादीको पूर्णेश्वर माध्यमकि विद्यालयमा ८ कक्षामा भर्ना भए र त्यहीबाट वि.सं. २०५० सालमा एसएलसी उत्तीर्ण गरे । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी सङ्ख्या भएको पोखराको पृथ्वीनारायण क्याम्पसबाट आईए पास भएका प्रकाशले जागिरे जीवनको आरोह अवरोहसँगै जनप्रिय बहुमुखी क्याम्पसबाट विविएस पास गरेपछि औपचारिक अध्ययनलाई पूर्ण विराम लगाइ जागिर र राजनीतिमा समानान्तर ढङ्मा क्रियाशील भए ।
परिवारको प्रेरणा :
वि.सं. २०६० साल साउन २४ गते आफ्नी ममतामयी आमा र राजनीतिक गुरु मञ्जु बराललाई गुमाए । अत्यन्तै शालीन, पूजापाठ गर्ने आध्यात्मिक, सामाजिक संस्कारिक आमाबाट प्रकाशले जीवन जगतलाई हेर्ने देख्ने धेरै कोणहरू सिके । आफूले नखाएर पनि अरूलाई खुवाउन रुचाउने, बाँडेर खाऊ भन्ने, आफ्ना पीडा छोपेर सन्तानलाई खुशी, माया र स्नेह दिने आमाले प्रकाशलाई ‘सज्जन र इमानदार बनेस, जनताको सेवा गरेस्’ भन्ने आर्शीवादले जागिर र राजनीतिमा इमानदार बन्ने प्रेरणा मिलेको बताउँछन् ।
जागिरे जीवन :
जुंगाको रेखी बाक्लिन पाएकै थिएन । साथीभाइसँगै हाँसोमजाक र रमाइलो गर्ने १८ वर्षकै उमेरमा उनी जागिरमा होमिए । वि.सं. २०५२ सालमा आइकम सकेका प्रकाशले राष्ट्रिय खेलकुद परिषद्ले निकालेको विज्ञापन हेरेपछि पर्वतको पूर्णेश्वर माविका सहपाठी साथी रामचन्द्र तिवारीसँगै मिलेर जागिरका लागि आवेदन हाले । वि.सं. २०५३ सालमा लिखितमा उनको नाम निस्कियो । १६ महिना मानव सूचाङ्कमा सबभन्दा पछाडि परेको बाजुरामा काम गरे । राजनीतिक कारण देखाएर उनलाई जागिरबाट अवकाश दिइयो, जागिर खोसियो तर उनले हार खाएनन् । जागिर जोगाउ अभियानको नेतृत्व गर्दै अदालत धाए । सर्वोच्चको फैसलाले उनी फेरि २०५४ सालमा जागिरमा पनर्वाहाली भए । उनलाई राजनीति नगरी नहुने रहेछ भन्ने बोध भयो । बाजुरामा धनबहादुर थापासँग मित लगाएका प्रकाश पुनर्वाहालीसँगै मितबाको घरमा पुगे । जागिर गर्दै घरपरिवार हेर्दै राजनीतिमा होमिएका प्रकाशको पढाइको प्यास मेटिएको थिएन २०५५ साल वैशाखमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा सहलेखापालको रूपमा सरुवा भए । २०६३ सालमा नायव सुब्बामा बढुवा भएपछि गुल्मी जिल्ला खेलकुद विकास समिति तम्घासमा सरुवा भए । २६ वर्षसम्म निरन्तर राखेपको नायव सुब्बा पदमा रहेर सेवा गरेका प्रकाशले जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रंमुखबाट अवकाश लिएर राजनीतिमा सक्रिय भए ।
काँग्रेसप्रतिको झुकाव:
९ वर्षको उमेरदेखि नै उनले राजनीतिमा चासो राखे र पञ्चायती शासन व्यवस्था विरुद्ध चर्को नारा लगाए । उनले स्कुलकालीन साथी धु्रव पौडेल, प्राण गुरुङ, मानस पौडेल, कुमार के.सी. गुरु बराललाई भेला गरी गुच्चा खेल्ने उमेरमा नै राजनीतिका कुरा गर्थे । २०४६ सालको जनआन्दोलनमा ‘पञ्चायती व्यवस्था मूर्दावाद, मण्डले चोर देश छोड’ यस्ता नारा लगाएका प्रकाशले वाल्यकालको स्कुले झोलामा किताब कापीसँगै नेपाल विद्यार्थी संघको कलम र मसाल अङ्कित झण्डा राख्थेँ भन्छन् । २०४९ सालमा १४ वर्षको उमेरमा नै नेविसंघमा आवद्ध भए ।
प्रजातान्त्रिक बगैंचामा हुर्किएका प्रकाशका हजुरबा साइला साहुका नामले परिचित थिए । हजुरबुबा तत्कालीन पुम्दीभुम्दीको वडा नं. ५ का वडा अध्यक्ष थिए । मरिचमानसिंह प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी ग¥यो । हजुरबाले नुन र मट्टीतेलको जोहो गरेर गाउँलेलाई सहयोग गरे उनलाई पनि समाजसेवाको हुटहुटी चल्यो । राणाकालीन समयमा मावलीघर सर्वस्वहरणमा परेको थियो । आमा मञ्जुको मन राजनीतिमा ढल्किएको थियो । मावली घर पर्वतमा पढ्न पुगेका प्रकाश वि.सं. २०४९ सालमा पर्वत जिल्ला पाङ पुर्कोट नेवि संघको जिल्ला सम्मेलनको आयोजक कमिटीको सदस्य बने । अखिलको किल्ला भनेर चिनिने पृथ्वीनाराण क्याम्पसमा आइए पढ्दा उनी नेवि संघको राजनीतिक महौलमा सङ्गठित बन्दै कटिवद्ध भएर लागे ।
नेपाली काँग्रेस विभाजन हुँदा भएपछि बाजुराबाट सरुवा भएर पोखरा आए । नेपाली काँग्रेस पुम्दीभुम्दी गाविस गाउँ कार्य समितिको सचिवको भूमिका निर्वाह गर्दै उनी राजनीतिमा भुसको आगो झै भित्रभित्र क्रियाशील र सक्रिय रहे । बाहिर देख्नेहरू प्रकाश केवल जागिर मात्रै खान्छ भन्ने सोच्थे तर उनको मनमा राजनीतिको रन्को दन्किरहेको थियो । उनले जागिर र राजनीतिलाई समानान्तर रूपमा चलाइरहेका थिए। दुई कार्यकाल पुम्दीभुम्दी गाउँ कार्यसमितिमा सचिव भएर काम गरे । तत्कालीन नेकपा माओवादीले आफ्नो आधार इलाका दावी गरे पनि जनताको मन जितेर राजनीतिमा होमिए । अत्यन्त मृदुभाषी, सरल र सहज स्वाभावका प्रकाशले मान्यजनलाई आदर र समकालीन साथीलाई न्यानो हार्दिकता र सानालाई माया पस्किन कहिल्यै विर्सेनन् । उनको संस्कारिक बानीव्यहोरा कै कारण होला प्रकाशलाई आँखाको नानीमा राखे पनि नविझाउने मान्छे भन्छन् । विद्यार्थी आन्दोलनको मैदानबाट राजनीतिमा उत्रिएका प्रकाश नेपाल विद्यार्थी संघको कास्की जिल्ला कोषाध्यक्ष र जनप्रिय बहुमुखी क्याम्पस इकाइ सभापति भएर विद्यार्थी माझ लोकप्रिय भए । २०६२÷०६३ को जनआन्दोलनमा सत्याग्रह रिले अनसनमा उनको सहभागी रहेको थियो ।
पार्टीमा प्रतिवद्धता:
नेपाली काँग्रेसको ११ औ महाधिवेशनमा गाउँ कार्य समितिबाट क्षेत्रीय प्रतिनिधिका रुपमा सहभागी भएका प्रकाश क्रमशः १२ औ र १३ औ महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भए । उनले क्षेत्रीय सचिवका रूपमा २ कार्यकाल काम गरिसकेका छन् । नयाँ जारी भएको संवैधानिक व्यवस्था अनुसार नेपाली काँग्रेसको क्षेत्र नं. ३ प्रदेशसभा २ को संस्थापक सभापति भएर एक वर्ष काम गरे । १४ औं महाधिवेशनमा क्षेत्र नं. ३ प्रदेश क्षेत्रीय समितिबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भए । २०७८ माघबाट उनी नेपाली काँग्रेस गण्डकी प्रदेशको सचिवका रूपमा काम गरिरहेका छन् ।
राजनीतिको मूल प्रवाहमा:
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा क्षेत्र नं.३ बाट प्रदेश सांसदका लागि टिकट प्राप्त भयो । आकाङ्क्षीको दर्जन लर्कोमा उनी पहिलो भए । अविराम, अविचल, निरन्तर काँग्रेसमा लागेका प्रकाशले पार्टीले दिएको टिकटलाई पुरस्कार मानेका छन् । निस्वार्थ भावले पार्टीमा लागेका कारण नै उनलाई खोट र दोष लाउने ठाउँ नै छैन् । क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, गण्डकी प्रदेश कार्यसमिति, केन्द्रीय कार्यसमितिसम्म सिफारिशको भ¥याङ चढ्दै गर्दा उनले टिकट पाएका हुन् । आफूले पद, पैसा र शक्तिका कारण टिकट पाएको होइन भन्छन् प्रकाश । टिकटका लागि लामो धौडधुप, खानपान र खर्चपर्च नगरेको उनको दावी छ । सक्रियता, क्रियाशीलता, निरन्तरताका आधारमा मूल्याङ्कन भएर नै उनले टिकट पाएको बताउँछन् । यो विवेकी निर्णय हो भन्ने प्रकाश जसलाई सार्थक बनाउन उनी चुनावी मैदानमा खटेर उत्रिएका छन् ।
सास्ती र गोता:
प्रकाश जनआन्दोलनका घाइते हुन् । शरीरको दायाँ भागमा प्रहरी दमनको खत र पीडा अझै छ तर घाइतेको परिचयपत्रमा आफूलाई सीमित गरे्नन् । पारिवारिक दायित्व निर्वाह गर्दै, रङ्गशालाको जागिरलाई धान्दै उनी राजनीतिमा नदी बगे जस्तै निरन्तर लागिरहे । २०६७ सालमा कार्यालय प्रमुख हँदा पनि उनी १०–४ को समयलाई सेवा प्रवाहको लागि चुस्तदुरुस्त बनाए । बाँकी समय राजनीतिलाई समर्पण गरे । उनको इमानदार कार्यसम्पादनले सबैको मन जितेको थियो कसैले प्रकाश राजनीतिमा क्रियाशील छ भनेर विरोधसमेत गर्ने ठाउँ दिएनन् । आफ्नो भूमिका सही र यथोचित ढङ्मा निर्वाह गरी सन्तुलन कायम गरे । जागिरबाट अवकाश हुँदा पनि उनी राष्ट्रिय खेलकुल विकास समितिप्रति धन्यवाद र आभार व्यक्त गर्छन् ।
समाजसेवाको साइनोः
प्रकाश राजनीति र जागिरमा मात्रै सीमित रहेनन् । गाउँको शुक्रराज माविलाई प्राविधिक शिक्षालयमा रूपान्तरण गर्न कस्सिए । विद्यालय व्यवस्थापन समितिको सदस्य बने । उच्च मावि सञ्चालन र शैक्षिक गुणस्तर वृद्धिका लागि २०६३ सालमा महायज्ञको आयोजना गरे । ६८ लाख नगद सङ्कलन भएपछि २ कार्य कार्यकाल उच्चमावि व्यवस्थापन समितिको संस्थापक सदस्य भएर योगदान दिए । धार्मिक रूपका प्रकाशले बराल वंशीय उद्धार महायज्ञको आयोजनासँगै कुलदेवताको बराल कुलमन्दिर निर्माण सम्म गरेका छन् । परोपकारी, सहयोगी, दुखी असहायलाई उद्धार गर्न रुचाउने प्रकाश वैदेशिक रोजगारमा जाने युवालाई सहयोग सँगै गाउँ फर्कन पनि आग्रह गर्छन् । आर्थिक, भौतिक , नैतिक रूपमा युवालाई माया गर्नुपर्छ भन्ने उनको धारणा फराकिलो छ ।
विशाल महादेवको मूर्ति निर्माणका सारथि:
पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानका उनी एक अभियन्ता हुन् । मानव निर्मित पर्यटकीय स्थलका लागि चन्द्रकान्त बरालको परिकल्पनामा विशाल महादेवको मूर्ति बनाउने अभियानलाई सार्थक बनाउने महायज्ञको आयोजना गर्दा प्रकाश बराल मूल आयोजक समितिको महासचिव भएर खटे । २० रोपनी जग्गा र ७ करोडभन्दा बढी नगद जुटाउनका लागि चानचुने काम थिएन तर आज पुम्दीभुम्दीकोटको विशाल महादेवको मूर्ति एउटा सार्थक पहलमा रूपान्तरण भएको छ । जसमा उनी जोडिन पाउँदा आफू खुशी भएको बताउँछन् ।
खेलकुदमा मन:
राष्ट्रिय खेलकुद परिषद्को जागिरकै दौरानमा कास्की जिल्ला खेलकुल विकास समितिको कार्यालय प्रमुखको हैषियतमा रहेका प्रकाशले प्राप्त स्रोत र साधानलाई सही तरिकाले सदुपयोग गर्दै पोखरा रंगशाला निर्माणमा दत्तचित्तले लागे । आज नेपालको नम्बर १ रंगशाला बन्दा उनी मनैदेखि खुशी छन् । जसले पोखराको खेदकुद क्षेत्रमा विशेष महत्व राखिसकेको छ । रापेपका जागिरे प्रकाश स्वयम् आफै पनि खेलाडी हुन् । वाल्यकालमा गोरु जुधाउन शोखिन उनी पौडीमा माहिर मानिन्छन् । छोटो दुरीको दौड, हाइजम्प र लङजम्प जिल्लास्तरका प्रतियोगिताका उनी उत्कृष्ट खेलाडी पनि हुन् ।
मुद्धामा प्रष्ट प्रकाश:
मेरो उमेद्वारी कुनै व्यक्ति, पार्टीसँगको प्रतिस्पर्धाका लागि होइन मुद्धासँगको हो । मूल कुरा त जनताका समस्या हल गर्नु हो । सपना कसले के देखे, देखाए प्रधान होइन, जनताको भावनाको कदर गर्नुपर्छ ।
चुनावी मुद्धामा उनी प्रष्ट छन् । बिर्सिएको विकास र सुशासनलाई ठाउँमा ल्याई सरकारलाई जवाफदेही बनाउन उनको ध्यान केन्द्रीत रहने छ । पोखरा महानगरभित्रका पछाडि परेका ग्रामीण वडालाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्ने चाहना छ । हेरक वस्तीलाई होमस्टेका लागि प्रयोग गर्न सकिन्छ । कृषिको आधुनिकीकरण, उत्पादनमा वृद्धि, उद्योगी व्यवसायीको लगानीको प्रतिफल, बेरोजगारी समस्याको हल, अव्यवस्थित शहरको व्यवस्थापनमा उनको लगाव देखिएको छ । फेवाताल संरक्षणमा विशेष पहल गर्ने, बसुन्धरा पार्क, हिमागृहको सम्वद्र्धन गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलाधार क्षेत्रमा वृक्षारोपण गर्ने, कृषि, पर्यटन र रोजगारी सिर्जनामा उनको ध्यान तानिएको छ । प्राकृतिक सम्पादा फेवाको डिलदेखि अन्नपूर्ण हिलसम्मको फराकिलो क्षेत्रमा उनले दौडिएका छन् । उनी गाली गलौज, आरोपप्रत्यारोपभन्दा माथि उठेर जनताको घरदैलोमा पुगेका छन् । प्रकाश भन्छन् मेरो उमेद्वारी कुनै व्यक्ति, पार्टीसँगको प्रतिस्पर्धाका लागि होइन मुद्धासँगको हो । मूल कुरा त जनताका समस्या हल गर्नु हो । सपना कसले के देखे, देखाए प्रधान होइन, जनताको भावनाको कदर गर्नुपर्छ ।
प्रतिवद्धतामा प्रकाश:
चुनाव भनेकै जनताको उमेद्वार चुन्ने र चिन्ने महत्वपूर्ण समय हो । आफ्ना कुरा सिधासिधा भन्न पाउने उमेद्वार चुन्न पाउनु हो । यही माटो र बाटोमा हिँडेको उमेद्वार भएका कारण पनि मेरो उत्साहमा कमी छैन् ।
प्रजातन्त्रको सौन्दर्य भनेकै बहुलबाद हो । चुनावमा सधैं एउटै दललाई चुन्नुपर्छ भन्ने छैन् । संसारको महाशक्तिशाली राष्ट्र अमेरिकामा डेमोक्र्याटको सरकार चल्यो । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले त्यसलाई चुनौती दिए । ट्रम्पलाई वाइडेनले । उनी भन्छन् चुनाव भनेकै जनताको उमेद्वार चुन्ने र चिन्ने महत्वपूर्ण समय हो । आफ्ना कुरा सिधासिधा भन्न पाउने उमेद्वार चुन्न पाउनु हो । यही माटो र बाटोमा हिँडेको उमेद्वार भएका कारण पनि मेरो उत्साहमा कमी छैन् । उनी ठूलाठूला कुरा गरेर, चर्काचर्का भाषण गरेर काम नगुर्न भन्दा साना तथा मसिना काम गरेर जनताको सेवक बन्नु राम्रो ठान्छन् । मूल कुरो त जनताको आवश्यकता बुझ्नु र आवाज सुन्नु हो त्यो म पक्कै गर्छु ।
प्रकाशले जनताको पक्षमा आवाज उठाउने र सरकारलाई खबरदारी गर्ने ल्याकत र हिम्मत राख्छन् । काँग्रेसलाई वृद्धहरूको पार्टीको आरोप लागिरहन्छ तर पनि बराल युवा जोश जाँगर र उर्जाका साथ घरआँगन पुगेका छन् । उनको सामाजिक र राजनीतिक क्रियाशीलताले सम्भावनायुक्त र प्रभावशाली व्यक्तित्वका रूपमा देखिएका छन् । उनलाई अल्छी गर्ने छुट छैन् ।
प्रकाशले जनताको पक्षमा आवाज उठाउने र सरकारलाई खबरदारी गर्ने ल्याकत र हिम्मत राख्छन् । काँग्रेसलाई वृद्धहरूको पार्टीको आरोप लागिरहन्छ तर पनि बराल युवा जोश जाँगर र उर्जाका साथ घरआँगन पुगेका छन् । उनको सामाजिक र राजनीतिक क्रियाशीलताले सम्भावनायुक्त र प्रभावशाली व्यक्तित्वका रूपमा देखिएका छन् । उनलाई अल्छी गर्ने छुट छैन् । पार्टीले दर्जन बढी आकाङ्क्षीहरूका विचबाट युवा छान्दा उनै प्रकाश बराल परेका हुन् । पार्टीले पत्याएपछि जिम्मेवारी पूरा गर्न, जित निकाल्न काँग्रेसी जनलाई उत्साहित बनाउन उनी कटिबद्ध छन् । यसपटक जनताले रूखमै छाप लगाउनेमा उनी विश्वस्त छन् ………………..।
