सुचना, समाचार र मनोरन्जन
kumdini

मैले देखेको पोखरामा हाम्रो भूमिका

पवन कुमार प्रजापती /

                                                            अध्यक्षका प्रत्यासी, पोखरा उद्योग वाणिज्य संघ…

२०७१ साल मंसिरमा नयाँ पत्रिका दैनिकले पोखराको बृहत्तर विकासको बारेमा गरेको राउण्ड टेवल कार्यक्रममा मैले पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै बोल्ने अवसर पाएको थिएँ । जति बेला म पोखरा उद्योग वाणिज्य संघको तीसौं अधिवेशनबाट कोषाध्यक्षको जिम्मेवारी लिएको लगभग एक महिना भएको थियो । सोही कार्यक्रममा मैले पोखराभन्दा पनि समग्र कास्कीलाई नै समेटेर ग्रेटर पोखराको अवधारणामा काम गर्नुपर्ने धारणा राखेको थिएँ । आधुनिक पोखराको विकास गर्ने हो भने मात्रै सबै ठाउँको समानुपातिक विकास हुन्छ। यसमा म अडिग छु। आधुनिक पोखरा भनेको ग्रेटर पोखराको अवधारणा हो । सबै व्यवसायीको आत्मसम्मान हो ।

यो एक सञ्चार माध्ययमले पोखराको विकासका लागि के गर्न सक्छ भन्ने छलफलको सानो अंश हो । तर, आम पोखरेली र सरोकारवालाले पोखराको बारेमा के–के गर्नु पर्ने छ, सम्भावना के छ र अहिलेको अवस्थामा के गर्नुपर्छ भन्ने कुरा छुट्टै बहसको विषय हो । जसले पोखराको नाम सुनेको छ, त्यसको मानसपटलमा पहिला आउने भनेको फेवाताल माछापुच्छ«े र लेकसाइड हो । तर पोखरा त्यतिमा मात्रै सीमित छैन । पोखरादेखि पूर्वको लेखनाथको पनि समानुपातिक विकास गरी गे्रटर पोखराको रुपमा अगाडि बढ्नुपर्छ । समानुपातिक विकास त्यति बेला हुन सम्भव छ—जति बेला सबै स्थानको सम्भाव्यता अध्ययन गरी कुन स्थानमा के राख्ने र केलाई प्राथमिकता दिने भन्ने स्पष्ट हुन्छ ।

सबैले गौतम बुद्धको मात्रै कुरा गर्छन् तर उनलाई बुद्ध बन्न त्याग गरेकी उनकी जीवनसाथी यशोधराको नाम बिरलै मात्रै सुन्न पाइन्छ । त्यसका लागि हामीले सिद्धार्थ एशोधरा पार्क बनाउने योजना बनाएका छौं । मैदी तालमा १४ सय रोपनी जग्गामा खुला चिडियाघर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि ग्रेटर पोखराको सपना हो । हामीले यी कुरालाई व्यवस्थित विकास गर्न सक्यौं भने पोखराले कहिल्यै पछाडि फर्कनु पर्दैन।

पोखरा उद्योग वाणिज्य संघले निकै पहिलादेखि उठाउँदै आएको ग्रेटर पोखराको अवधारणालाई अहिले सरकारले पनि नेतृत्व दिएर तदारुकता देखाएको छ । हामीले निर्माण गर्न लागेको ग्रेटर पोखरा अन्तर्राष्ट्रिय समुन्नत र नेपालकै नमुना स्थल हुनेछ । जसमा विभिन्न १० कुराहरुको आवश्यकता देखेका छौं । पहिला त पोखराको मास्टरप्लान निर्माण गर्नु जरुरी छ, जसको सुरुआत भइसकेको छ । संघीयतासँगै पोखराका अधिकतम् स्थान जोड्ने सय किलोमिटर चक्रपथको काम अगाडि बढेको छ । सबैले गौतम बुद्धको मात्रै कुरा गर्छन् तर उनलाई बुद्ध बन्न त्याग गरेकी उनकी जीवनसाथी यशोधराको नाम बिरलै मात्रै सुन्न पाइन्छ । त्यसका लागि हामीले सिद्धार्थ एशोधरा पार्क बनाउने योजना बनाएका छौं । मैदी तालमा १४ सय रोपनी जग्गामा खुला चिडियाघर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि ग्रेटर पोखराको सपना हो । हामीले यी कुरालाई व्यवस्थित विकास गर्न सक्यौं भने पोखराले कहिल्यै पछाडि फर्कनु पर्दैन ।

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा भएको पटकपटकको दबाब तथा सम्पूर्ण कस्केली जनताको अग्रसरताले निकै लामो समयसम्म अल्झिएको विमानस्थलको कुरा अब अन्तर्राष्ट्रिय जहाजको पर्खाइमा छ । अव अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकास हुने छ । जसका लागि निजी क्षेत्रले पनि यहाँ आउने पर्यटकका लागि निकै लगानी थप्नुपर्ने हुन्छ । अहिले पोखरामा पाँच तारे, चार तारे, तीन तारे, दुई तारे, एक तारे, रिसोर्ट र पर्यटक स्तरका लगभग हजार वटा होटल सञ्चालनमा छन् । विमानस्थल निर्माणपछि यी होटल अपुग हुन्छ । अहिले पोखराको पर्यटनमा मात्रै १ खर्बभन्दा बढीको लगानी भएको छ । तर अब यो रकम पाँच खर्बभन्दा बढी पु¥याउनुपर्ने आवश्यकता हुन्छ ।

अहिले पोखरा आउने अधिकतम पर्यटकले पोखरालाई हबको रुपमा उपयोग गरिरहेका छन् । हिमाल चढ्नेदेखि ट्रेकिङ गर्ने किन नहुन् सबै पोखरामा एक दुई दिन भए पनि बस्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको ताजा तथ्यांक अनुसार नेपाल आउने ४५ प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । आन्तरिक पर्यटकको त पोखरा पहिलो रोजाइ हो । अध्यागमन विभागको पछिल्लो तथ्याक अनुसार पोखरा आउने पर्यटकमध्ये १२ प्रतिसतले पोखराको बसाइ लम्ब्याउने गरेका छन् । यसबाट पनि के पुष्टि हुन्छ भने पोखरा नामको मात्रै होइन साँच्चीकै पोखरा हो ।

मानिसको आधा रोग पोखराको मौसम र प्राकृतिक सौन्दर्यले गर्दा सञ्चो हुन्छ । त्यसैले नेपालका सबै बिमारीलाई पोखरा जाऊँ उपचार पनि हुन्छ घुमेर पनि आइन्छ भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । अर्थात् हेल्थ टुरिजमको रुपमा पोखरालाई विकास गर्नु हाम्रो अर्को प्रयास हुनुपर्छ । सो अभियान घोषणा गर्नुका पाँचवटा मुख्य उद्देश्य थिए । पहिलो, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पर्यटन ब्रान्ड पहिचान सहित अनुपम गन्तव्य स्थलको रुपमा स्थापित गर्नु । दोस्रो, स्थापित भइसकेका तथा नयाँ पर्यटकीय स्थलहरुमा पूर्वाधार विस्तार र विकास गर्नु । तेस्रो, पर्यटकीय सेवा प्रदायकहरुको कार्य क्षमता विस्तार गर्नु । चौथो, नयाँ पर्यटकीय क्षेत्रहरुमा पर्यटकको माग पूरा गर्न समुदायको कार्य क्षमता अभिवृद्धि गर्नु । पाँचौं, पर्यटन उद्योगलाई स्थायित्व प्रदान गर्नका निमित्त आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु । तर अहिले सम्म कुनै काम भएको महसुस हामीलाई छैन । निजी क्षेत्रबाट जे भएको छ त्यही हो । सरकारी काम सुन्य प्राय छ ।

कुनै समयमा पोखरा विदेशी चलचित्रको पहिलो छायांकनस्थल पनि बनेको थियो । तर विस्तारै त्यो क्रम कम भएको महसुस पनि हुन थालेको छ । सामान्यतया एउटा चलचित्र छायांकन हुन कम्तीमा सय जनाको समूहलाई न्यूनतम ४० दिन लाग्छ । अब पुरै चलचित्र पोखरामै छायांकन हुने हो भने कति पर्यटकको बसाइ लम्बिएला हामीले अनुमान गर्न सकिन्छ । यसतर्फ पनि अब हाम्रो ध्यान जान जरुरी छ ।

British college

पोखरालाई हामीले अब शिक्षाको हबको रुपमा विकास गर्न हाम्रै पहलमा स्थापित पृथ्वी नारायण क्याम्पसलाई विश्व विद्यालय बनाउन पहल गर्नुपर्छ । सबैभन्दा ठूलो त पोखराको प्राकृतिक सौन्दर्य हो, यसको उपयोग हामीले स्वास्थ्यमा पनि गर्नुपर्छ । मानिसको आधा रोग पोखराको मौसम र प्राकृतिक सौन्दर्यले गर्दा सञ्चो हुन्छ । त्यसैले नेपालका सबै बिमारीलाई पोखरा जाऊँ उपचार पनि हुन्छ घुमेर पनि आइन्छ भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । अर्थात् हेल्थ टुरिजमको रुपमा पोखरालाई विकास गर्नु हाम्रो अर्को प्रयास हुनुपर्छ । सो अभियान घोषणा गर्नुका पाँचवटा मुख्य उद्देश्य थिए । पहिलो, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पर्यटन ब्रान्ड पहिचान सहित अनुपम गन्तव्य स्थलको रुपमा स्थापित गर्नु । दोस्रो, स्थापित भइसकेका तथा नयाँ पर्यटकीय स्थलहरुमा पूर्वाधार विस्तार र विकास गर्नु । तेस्रो, पर्यटकीय सेवा प्रदायकहरुको कार्य क्षमता विस्तार गर्नु । चौथो, नयाँ पर्यटकीय क्षेत्रहरुमा पर्यटकको माग पूरा गर्न समुदायको कार्य क्षमता अभिवृद्धि गर्नु । पाँचौं, पर्यटन उद्योगलाई स्थायित्व प्रदान गर्नका निमित्त आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु । तर अहिले सम्म कुनै काम भएको महसुस हामीलाई छैन । निजी क्षेत्रबाट जे भएको छ त्यही हो । सरकारी काम सुन्य प्राय छ ।

अन्तर्राष्ट्रिय सहरको रुपमा पोखरालाई अघि बढाइरहँदा संघ आर्थिक रुपले सबल हुन सकेन भने हामी व्यवसायीहरु विस्थापित हुने अवस्था आउन सक्छ । तसर्थ संघलाई आर्थिक रुपले सवल बनाउन विभिन्न परियोजनाहरुको सञ्चालनको साथै नियमित आम्दानी वृद्धि गर्न सचिवालयको पुनर्निर्माण एवं अत्याधुनिक बहुतले बहुउद्देश्यीय भवन निर्माण हाम्रो मुख्य लक्ष्य हुनुपर्छ । सो भवनबाट प्राप्त हुने आम्दानीले सचिवालय सञ्चालन र उद्योग÷व्यवसाय प्रवद्र्धनमा विशेष योगदान पुग्ने मेरो विश्वास रहेको छ ।

पोखराको अर्को विषेशता भनेको यहाँ स्थापना भएका साना तथा मझौला उद्योगको बजार व्यवस्थापन हो । पोखरामा सबै हिसाबले ठूला उद्योगभन्दा साना र मझौला उद्योगको सम्भावना छ । कारण यहाँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य तथा अन्य खालका वस्तु विशिष्ट र आफ्नै पहिचान भएका छन् । जस्तो पोखराका घरमा टाँसिने ढुंगा अन्यत्र सहजै पाउन मुस्किल पर्छ । पोखरा आसपासबाट विदेशिने युवाको संख्यालाई कम गर्न पनि केही न केही साना मझौला तथा घरेलु उद्योग स्थापना गर्नु अत्यावश्यक छ ।

वैदेशिक रोजगार विभागका अनुसार अहिले दैनिक १७ सयको संख्यामा नेपाली कुनै न कुनै वहानामा विदेश पलायन हुने गरेका छन् । पोखरा र पश्चिमाञ्चलवाट मात्रै दैनिक लगभग चार सयको संख्यामा विदेशिने सरकारको तथ्यांक छ । जसको ८० प्रतिशत रोजगारीका लागि १८ प्रतिशत अध्ययनका लागि र एक दुई प्रतिशत घुम्ने बहानामा विदेश पलायन हुने गरेका छन् ।

युवा पलायनलाई रोक्न र रोजगारी सिर्जना गर्न हामीले व्यावसायिक डाटाबंैक तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्ने सोच बनाएका छौं । जस अन्तर्गत संघमा दर्ता भएका व्यवसायीहरुको प्रगति तथा समग्र तथ्यांक संकलन गरी संस्थाले रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायहरुका लागि आवश्यक बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने छ । यस्तै नयाँ व्यवसाय सञ्चालन गरी व्यवसायी वन्न चाहनेहरुका लागि आवश्यक सबैखाले तथ्यांक उपलब्ध गराइने छ ।

एक युवालाई विदेश जानयोग्य उमेरसम्मको बनाउँदा सरकार र परिवारको लगभग २० लाखभन्दा बढी खर्च हुन्छ । तर, कमाएर देशमै केही गर्ने बेलामा विदेशिँदा देशको अर्थतन्त्रमा दीर्घकालीन असर पर्छ । अहिले हेर्दा त रेमिट्यान्सका कारण सकारात्मक नै देखिएला तर पनि यो समस्या मन्दविष जस्तै हो । यसको समाधानका लागि हामीले युवा केन्द्रित उद्योग स्थापना गर्नु अति आवश्यक छ । हामीले यसका लागि शिक्षा, स्वास्थ्य, पर्यटन र व्यावसायिक रुपमा कृषिको विकास गर्नुपर्छ ।

युवा पलायनलाई रोक्न र रोजगारी सिर्जना गर्न हामीले व्यावसायिक डाटाबंैक तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्ने सोच बनाएका छौं । जस अन्तर्गत संघमा दर्ता भएका व्यवसायीहरुको प्रगति तथा समग्र तथ्यांक संकलन गरी संस्थाले रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायहरुका लागि आवश्यक बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने छ । यस्तै नयाँ व्यवसाय सञ्चालन गरी व्यवसायी वन्न चाहनेहरुका लागि आवश्यक सबैखाले तथ्यांक उपलब्ध गराइने छ । नवप्रवर्तन र महिला उद्यमशीलता विकासलाई केन्द्रमा राख्दै उहाँहरुलाई प्रविधि, पुँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिने छ । कुन स्थानमा के व्यवसायको सम्भावना छ, कुन व्यवसायको अवस्था कस्तो छ, सबै कुराहरु हामीले प्रविधि मार्फत् उपलब्ध गराउने छौं । जसका लागि आवश्यक विज्ञसहितको टिम तयार गरिने छ ।

शिक्षामा जतिसुकै विकास भए पनि हाम्रो सोचमा भने अझैसम्म विकास हुन सकेको छैन । मानव मर्यादाका हिसाबले महिला र पुरुष समान हुने भए पनि समाजले पालेको पितृ सत्तात्मक सोचबाट भने महिला पूर्ण रुपमा बाहिर निस्कन नपाएपछि कतिपय अवस्थामा विद्रोह पनि भएको हामीले पाउँछौं । समयको गतिसँगै समानतामूलक समाज निर्माणको अभियानमा महिलालाई हिस्सा दिने क्रममा हामी लागेकै छौं ।

अर्को यथार्थ पोखारामा ५५ प्रतिसत भन्दा बढी व्यवसाय महिलाले सञ्चालन गरेका छन् तर पनि दर्ता भने पुरुषका नाममा भएको पाइएको छ । आन्तरिक राजस्व कार्यालयको पछिल्लो तथ्यांक अनुसार ४४ हजार व्यवसायी कास्कीमा छन् । तर, ३१ सयको हाराहारीमा मात्रै पोखरा उद्योग वाणिज्य संघमा दर्ता भएका छन् । अब महिला सदस्य बढाउन र समग्र सदस्य संख्या बढाउन तथा पोखरा उद्योग वाणिज्य संघलाई सम्पूर्ण व्यवसायीको ढुकढुकी बनाउने हाम्रो पहिलो लक्ष्य हुने छ । कसरी व्यवसायीहरको मनोबलमा अभिवृद्धि हुन्छ, कसरी पोखरा उद्योग वाणिज्य संघ प्रति व्यवसायीहरुको आकर्षण बढ्छ त्यो प्रति हाम्रो ध्यान जानुपर्छ ।

बदलिँदो परिस्थितिमा संघको भूमिका बदलिएको छ, तर उद्योगी÷व्यवसायीहरुको हक, हित रक्षा एवं उहाँहरुका समस्या निराकरण गर्ने, सचिवालयमार्फत् सेवा प्रदान गर्ने दायित्व उही अवस्थामा छ । म मेरो टिमसहित यही कार्यमा आफूलाई समाहित गर्ने बाचा गर्दै १७ बुँदै प्रतिबद्धता पत्र लिएर तपार्इंहरु माझ आएको छु।

पोखरा महानगरपालिकाभित्रै ५ सय १ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र सञ्चालनमा छ । जसमा ८० वटा विभिन्न उद्योग छन् । पोखरामा वार्षिक पाँच अर्बभन्दा बढी कर पनि संकलन हुने गरेको छ । तीन हजार भन्दा वढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै कास्कीका एक व्यवसायीले सरदर पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको भन्ने आधारमा बुझ्ने हो भने पनि कास्कीमै दुई लाखभन्दा बढीले रोजगारी पाएका छन् ।
पोखरा उद्योग वाणिज्य संघ संस्थामात्र हैन, यो निजी क्षेत्रको आशा, भरोसाको धरोहर हो, पोखराको विकासको साझेदार हो, अनि उद्योगी÷व्यवसायीहरुका पीर÷मर्कामा काँध थाप्ने बलियो अभिभावक हो । लामो यात्राक्रममा आवश्यकताहरु बदलिएका छन् । तर संघको उद्देश्य र लक्ष्य उही छ । बदलिँदो परिस्थितिमा संघको भूमिका बदलिएको छ, तर उद्योगी÷व्यवसायीहरुको हक, हित रक्षा एवं उहाँहरुका समस्या निराकरण गर्ने, सचिवालयमार्फत् सेवा प्रदान गर्ने दायित्व उही अवस्थामा छ । म मेरो टिमसहित यही कार्यमा आफूलाई समाहित गर्ने बाचा गर्दै १७ बुँदै प्रतिबद्धता पत्र लिएर तपार्इंहरु माझ आएको छु।

जय उद्योगी, जय व्यवसायी ।

कमेन्ट्स
Loading...