सुचना, समाचार र मनोरन्जन

सुन्दर विचारका डा.सुन्दर पौडेल

घनश्याम पौडेल /

                                                                                          परिचय फिचर…

कपाल हिउँ परेजस्तै सेताम्य, मुहार सौम्य, मधुर बोलीबचन तर मितव्ययी शब्द चयनका प्राज्ञिक व्यक्तित्व । उनी हुन् सुन्दर नगरी पोखराको फेवाताल छेउका डा.सुन्दर पौडेल । सेतो कपालले प्रौढताको सङ्केत गर्दैछ, उमेरको ग्राफमा ४५ कटे पनि जाँगर युवाको जस्तो छ । गम्भीर सवालजवाफमा उनी उम्दा छन् । उनका भावना र विचारहरू समाजका लागि हितकारी छ । आफ्नो समाज, समुदाय र देशलाई केही गरौं भन्ने हुट्हुटी उनमा छ । आफ्ना परिकल्पनाहरूलाई उनी डायरीमा स्केच गरिरहन्छन् ।

माछापुच्छ«े हिमाल र फेवाताल हेरेर बैदाममा हुर्केका, त्यहीँको सरकारी स्कुलमा पढेका पौडेललाई लेकसाइडको पर्यटकीय गतिविधि जतिसुकै झकास भए पनि न त टन्न धनपैसो कमाउने रहर जाग्यो न त अल्लारेपनमा बरालिएर डिस्को धाउने मन नै भयो । उनलाई त पितापूर्खाले छाडेका पूराना सम्पदालाई कसरी संरक्षण र प्रवद्र्धन गर्ने भन्ने चासो जाग्यो ।

चिन्तनको भोकले दुई दशक अगाडि जापान पुगे । टोकियो युनिभर्सिटीमा आफ्नो रुचिको विषय पढे । भर्नाकुलर आर्किटेक्चर अर्थात् वास्तुकला र काठ सजिसजावटमा विद्यावारिधि नै गरे । जसको मूल उद्धेश्य गाउँघरका पूराना घरहरूलाई कसरी संरक्षण र आधुनिकीकरण गर्ने भन्ने थियो ।

चिन्तनको भोकले दुई दशक अगाडि जापान पुगे । टोकियो युनिभर्सिटीमा आफ्नो रुचिको विषय पढे । भर्नाकुलर आर्किटेक्चर अर्थात् वास्तुकला र काठ सजिसजावटमा विद्यावारिधि नै गरे । जसको मूल उद्धेश्य गाउँघरका पूराना घरहरूलाई कसरी संरक्षण र आधुनिकीकरण गर्ने भन्ने थियो । पूर्खाले छोडेर गएका सम्पदालाई सुरक्षित रूपमा कसरी नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिन्छ भन्नेमा नै उनी केन्द्रित भए । त्यसैले आजसम्म पनि आफ्नो रुचि र अध्ययन क्षेत्रमा दत्तचित्तले लागेका छन् ।

उनी जापान मै फुक्काफाल र सानदार जीवन विताउने ल्याकत राख्थे तर आफूले हिँडेको बाटो र जन्मेको माटोको ममताले पग्लिए । आफूले पढेको ज्ञान र सिकेको सीपलाई नेपाली समाज र समुदायको हितका लागि प्रयोग गर्न पाए हुन्थ्यिो भन्ने हुट्हुटीले लखेटी रह्यो ।

जापानजस्तो विकसित देशमा आफ्ना एक छोरा, एक छोरी र श्रीमतीसहित पारिवारिक वातावरणमा बसेका पौडेलको जीवन त सुखमय र रमाइलो नै थियो । यता घरपरिवारमा पनि तत्कालै नेपाल फर्की हाल्नु पर्ने उल्झन थिएन् । उनी जापान मै फुक्काफाल र सानदार जीवन विताउने ल्याकत राख्थे तर आफूले हिँडेको बाटो र जन्मेको माटोको ममताले पग्लिए । आफूले पढेको ज्ञान र सिकेको सीपलाई नेपाली समाज र समुदायको हितका लागि प्रयोग गर्न पाए हुन्थ्यिो भन्ने हुट्हुटीले लखेटी रह्यो । विगत ६ वर्षदेखि उनी नेपाल जापान आउजाउ गरिरहे । गतवर्ष कोरोनाको महामारीमा घरदेश आएपछि जापान फर्किन उनको मनले मानेन । १० वर्ष अगाडिदेखि सञ्चालित आफ्नै काठ कारखानामा आफूले पढेको, देखेको, सिकेको, जानेको ज्ञान र सीप लगाएर रमाउन थाले । भन्नेले भन्दै गरे सुन्दरले जापान छोडेर सिकर्मीको काम गरिरहेको छन ।

१० वर्ष अगाडिदेखि सञ्चालित आफ्नै काठ कारखानामा आफूले पढेको, देखेको, सिकेको, जानेको ज्ञान र सीप लगाएर रमाउन थाले । भन्नेले भन्दै गरे सुन्दरले जापान छोडेर सिकर्मीको काम गरिरहेको  छन ।

पोखरा औद्योगिक क्षेत्रस्थित विन्ध्येश्वरी फर्निचर उद्योग र न्युरोडमा रहेको ‘शो रुम’ लाई उनी उद्योग व्यवसाय भन्दा पनि ‘टेक्नोलोजी ट्रान्सफर’ र सोसिएल एकेडेमिक विजनेस ठान्छन् । त्यसैले उनले नारा तय गरे ‘हामी तपाईंको सपनालाई आकार दिन्छौं’ । उनले पोखरालाई नै ब्रान्डिङ गर्नका लागि ‘मेड इन पोखरा’ को अवधारणा ल्याए । स्वदेशमै रोजगारी सिर्जना गरे । आफ्नै वरपरका वस्तुको सदुपयोग गर्दै उत्पादन थाले । उनले ५० जना स्थानीयलाई कामको अवसर दिएका छन् भने स्थानीय वस्तुको खपतमा जोड पनि ।

कोरोनाकालमा उनको उद्योगमा काम गर्ने जापानका नागरिक वरिष्ठ काठ डिजाइनरको मृत्यु भयो । सबैजसो कामदार विदेशबाट फर्केका नेपाली महिला र पुरुष छन् । मलेसिया, इन्डोनेसिया, सिंगापुर र थाइल्यान्डमा लामो समय काम गरेर फर्केका काठ डिजाइन र निर्माणमा फ्याक्लटी म्यानेजर चेतप्रसाद तिमिल्सिनाले उनलाई साथ दिएका छन् । नेपालमै केही गर्न सकिन्छ भन्ने भावना उनले आफ्ना कर्मचारीलाई हरदिन जगाइरहन्छन् ।

विन्धेश्वरी फर्निचर आफैमा लोकप्रिय नाम हो, त्यसमा पनि पोखराको गौरवको उद्यम हो । यसका उत्पादन अत्याधुनिक त छन् नै पूर्खाको ज्ञान, सिपलाई आधार मानिएको छ । उद्योगमा प्रयोग हुने कच्चा पदार्थ, औजार, उपकरण र प्रविधिमा पनि नयाँ र पूरानोलाई आधुनिकताको फ्युजन गराइएको छ ।

PCCi MELa

विन्धेश्वरी फर्निचर आफैमा लोकप्रिय नाम हो, त्यसमा पनि पोखराको गौरवको उद्यम हो । यसका उत्पादन अत्याधुनिक त छन् नै पूर्खाको ज्ञान, सिपलाई आधार मानिएको छ । उद्योगमा प्रयोग हुने कच्चा पदार्थ, औजार, उपकरण र प्रविधिमा पनि नयाँ र पूरानोलाई आधुनिकताको फ्युजन गराइएको छ । परम्परागत घरमा प्रयोग हुने झ्याल, ढोका, सन्दुस, लिस्नो, ढिकी जाँतो, लगायतका समाग्रीलाई नेपालीपन झल्कने गरी आधुनिकीकरण गरिएको छ । काठलाई सुन सरह ठान्ने डां सुन्दरले घरायसी काठका सामग्रीलाई पनि त्यही सोचले सुन्दर र टिकाउ पार्ने काम गरेका छन् ।

काठका पूराना मुडाहरूलाई सिजनिङ गरी विभिन्न आकार दिएर डाइनिङ टेबुल, कुर्सी तयार गरिएको छ । फ्युजन कै क्रममा क्यानेडबाट वालबोर्ड ल्याई प्रयोग गरिएको छ भने भियतनामबाट काठ ल्याई नेपालको जङ्गलमा पाइने साल, सिसौसँग मिसाएर फर्निचर बनाइएको छ । रूखको फेदलाई फलामको आधार दिएर माथि मोटो सिसा राखेर आधुनिक टि टेबल बनाउने काम उनले गरेका छन् । पोखरा क्षेत्र र वरपरका गाउँमा बन्दै गरेका होटल र रिर्सोटमा उनको प्रविधि प्रयोग भएको छ । परम्परागत शैलीमा चलेका उद्योग भन्दा उनको उद्योगले फरक शैली र सीपको विकास गरेका छ । मागको आधारमा उत्पादन गर्न उनलाई हम्मेहम्मे भएको छ । यो सबै हुनुमा जापानमा आर्जन गरेको ज्ञान र अनुभूति नै हो । यस्तै सामग्रीको प्रयोग गरेर निकट भविष्यमा पोखरा नजिकैको गाऊमा रिर्सोट खोल्ने तयारमा छन् उनी ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका वरिष्ठ उपाध्यक्ष हुन् डां सुन्दर पौडेल । नेपालको विकासमा हातेमालो गर्न विश्वभर रहेका ६० लाख नेपालीले केही चिन्तन गर्ने हो भने समृद्धिको दैलो उघार्न धेरै समय पर्खनु पर्दै भन्छन् पौडेल ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका वरिष्ठ उपाध्यक्ष हुन् डां सुन्दर पौडेल । नेपालको विकासमा हातेमालो गर्न विश्वभर रहेका ६० लाख नेपालीले केही चिन्तन गर्ने हो भने समृद्धिको दैलो उघार्न धेरै समय पर्खनु पर्दै भन्छन् पौडेल । सके घरदेश फर्क नसके आफ्नो ठाउँबाट नै ज्ञान, सिप र धनको माध्यमबाट सहयोग गर भन्ने वातावरण देशले बनाउनु आवश्यक छ भन्ने उनको विचार छ । रेमिट्यान्यस त केबल अस्थायी छाल मात्रै हो सतह नै स्थायी हो । जबसम्म सतहको मापन हुँदैन तबसम्म विकासको जग नै रहँदैन् ।

हामीले आफ्नै प्रकृति र उत्पादनमा नै भरोसा गर्न सक्नुपर्छ । हाम्रा प्रतिस्पर्धी कोही छैनन् , विकसित देशसँग प्रतिस्पर्धा गर्ने हाम्रो ल्याकत नै बनेको छैन् । हाम्रो आफ्नो मौलिकपनको विकास भयो भने मात्रै हामी सम्पन्न हुन्छौं । स्विजरल्यान्डले केवल प्राकृतिक सुन्दरता र आफ्नो पन बेचेर नै सम्पन्न भएको हो । हामीले पनि नयाँ पुस्तालाई नेपालीपन र शैली दिन आवश्यक छ । वास्तवमा हामीले विदेशमा देखेको, जानेको र पढेको ज्ञान र सीपलाई आफ्नौ माटोमा उद्यम व्यवसाय गरेर प्रयोग गरे मात्र टेक्नोलोजी हाम्रो समाजमा हस्तान्तरण हुन्छ भन्ने मान्यता राख्छन् सुन्दर । उच्चशिक्षा हाँसिल गर्न विदेश जाने र उतै पिआर र ग्रिनकार्डले पलायन हुने समस्याले हामी पछि परेका छौं ।

लाखौं लाख कर्मशील युवाहरू काम र मामको लागि खाडीका तातो भूमि र मलेसियाको जंगलमा काम गरेका छन् । पढेलेखेका युरोप, अमेरिका, अस्टेलियाको ग्रोसरी स्टोरमा चुरोट बेचिरहेका छन् । आज दक्षिण कोरिया प्रविधिमा उच्च मानिएको छ । विश्वयुद्ध र कोरिया प्रायद्वीपको युद्धले थिलोथिलो भएका कोरियनहरू रोजगारीको लागि बाहिर गए पनि सन् १९९० पछि स्वदेश फर्केर राष्ट्र निर्माणमा लागे । विकसित देशमा सिकेको सीप आफ्ने देशमा प्रयोग गरेकाले कोरिया सम्पन्न भएको हो । आज अरू देशका नागरिक कामका लागि कोरिया ताकिरहेका छन् ।

चीन आज विश्वको शक्तिशाली राष्ट्र बनेको छ । आधुनिक र विकसित चीनका जन्मदाता भनेर चिनिने देङ सिआओ पिङ फ्रान्समा पढे, उतै काम गरेपछि रसियामा गएर त्यहाँको राज्य व्यवस्था पढे । माओले राजनीतिक क्रान्ति गरे साँस्कृतिक र आर्थिक क्रान्ति भएको थिएन । सन् १९७६ मा माओको मृत्युपछि देङ सिआओ पिङ सत्तामा आए र उनले ‘आधुनिक चीन प्रविधिको चीन’ भन्ने नारा दिए र ११ वर्ष शासन गरे त्यसैको उपज चीनले जमिनबाट आकाश छोयो, कहिल्यै पछि फर्केर हेर्नु परेन ।

मैले विकसित देश जापानमा उच्चशिक्षा लिने अवसर पाएँ । उतै वर्षौ हाइ प्रोफाइल काम गरेँ, आखिर मैले नेपाललाई होइन जापानलाई पो योगदान दिएको रहेछु । देशमा पनि महान सम्भावना छ भनेर घरदेश फर्केको हुँ । यहाँ पनि गरिखान ठूलो र फराकिलो ठाउँ छ, परिश्रम गरे कामदारबाट मालिक बन्न सकिन्छ । आफ्नो हैषियतलाई अझ् उचाईमा लान सकिन्छ ।

यो भाष्यबाट डा.सुन्दर पौडेल प्रभावित भएर जापानको सुखसयल र विलासी जीवन त्यागेर नेपाल फर्केका हुन् । उनी भन्छन् – मैले विकसित देश जापानमा उच्चशिक्षा लिने अवसर पाएँ । उतै वर्षौ हाइ प्रोफाइल काम गरेँ, आखिर मैले नेपाललाई होइन जापानलाई पो योगदान दिएको रहेछु । देशमा पनि महान सम्भावना छ भनेर घरदेश फर्केको हुँ । यहाँ पनि गरिखान ठूलो र फराकिलो ठाउँ छ, परिश्रम गरे कामदारबाट मालिक बन्न सकिन्छ । आफ्नो हैषियतलाई अझ् उचाईमा लान सकिन्छ, भन्ने मान्यताले तिनै जापानिजलाई रोजगार दिएर प्रमाणित गरे ।

आफूलाई चाहिने केही कमाएपछि आफ्नो समाज र देशका लागि पनि त केही दिनु प¥यो । यो जिन्दगी अजम्बरी छैन् भन्ने बुझ्न आवश्यक छ । फराकिलो सोच भएका व्यक्ति नेतृत्वमा पुगेर ‘गुडगभरनेन्स’ मात्रै कायम भयो भने हाम्रो देश पनि अगाडि जरुर बढ्छ । यसका लागि केही गर्छु भन्ने दृढ इच्छाशक्तिको खाचो छ । हामीले अब लाहुरेवादी संस्कार र सोच परिवर्तन गर्न आवश्यक छ । वैज्ञानिक पद्धतिमा लागेर परिश्रम गरे नेपाल मै सुन फल्छ । मेरो ज्ञानको क्षेत्र काठमा मैले सुन देखेको छु ।

मेरो माटोको लागि मैले केही गर्छु भन्ने संस्कार र संस्कृतिको जग हाल्न सकियो भने हामी नेपालीहरू फेरि एकपटक ‘बहादुर गोर्खा’ भन्दा उपल्लो हैषियतमा पुग्ने छौं ।

सन् १९४७ मा अमेरिकाले एटम बम हानेपछि जापान तहसनहस भएको थियो । जापानीहरू गरिबी र भोकमरीले ल्याटिन अमेरिकातिर कामको खोजी गर्दै गर्दा देशले युवालाई सम्बोधन ग¥यो ‘जापान युवाहरूको हो ।’ परिश्रम, प्रविधि र अनुशासनले आजको जापान समृद्ध भएको हो । जापानिजहरूको एउटा गज्जवको संस्कार छ, ‘मैले केही गर्नै पर्छ, मैले गर्छु भनेपछि गर्छुगर्छु नत्र म मरे सरह हुन्छु ।’ यो सामुराई कल्चरले नै जापानले विश्वलाई चकित पारेको हो । देश विकास गर्न ठूलाठूला भौतिक पूर्वाधार भन्दा पहिला भावना चाहिन्छ । मेरो माटोको लागि मैले केही गर्छु भन्ने संस्कार र संस्कृतिको जग हाल्न सकियो भने हामी नेपालीहरू फेरि एकपटक ‘बहादुर गोर्खा’ भन्दा उपल्लो हैषियतमा पुग्ने छौं भन्ने सुन्दर विचार राख्ने डा.सुन्दर पौडेलको सुन्दर सोचले सुन्दर पोखरा अझ् सुन्दर होस् हामी पनि यही चाहन्छौं ।

कमेन्ट्स
Loading...