पोखरा /
पोखराको अमरसिंह चोकमा धराने सेकुवाको स्वाद लिएर ‘लेकाली सेकुवा एण्ड झिर हाउस’ आजदेखि सञ्चालनमा आएको छ ।
नेपाली खाना पस्कदै आएको ‘लेकाली चुलो’ अन्तर्गत नै ‘लेकाली सेकुवा एण्ड झिर हाउस’ सञ्चालनमा ल्याईएको संचालक मिन बहादुर गुरुङले जानकारी दिए ।
कोभिड –१९’ का कारण सुस्ताएको पोखराको पर्यटन व्यवसायलाई केही हद सम्म सहज बनाउनका लागि युवा व्यवसायी गुरुङले धरानको सेकुवाको स्वादलाई पोखरामा पस्कने प्रयास गरेको गुरुङले बताए ।
पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा एण्ड झिर हाउसमा धराने बंगुर, हांस, कुखुरा, खसी, बोका र बट्टाइका स्वादिष्ट सेकुवा र झिर उपलब्ध हुने संचालक गुरुङले जानकारी दिए । उनका अनुसार धराने बंगुरको सेकुवाका झिर उपलब्ध हुनेछन् । धरानको चर्चित गुरुङ बिबिक्यु एण्ड हट किचनको प्राविधिक र ब्यवस्थापकीय सहयोगमा सञ्चालित झिर हाउसमा अत्याधुनिक भट्टीमा पकाएको सेकुवाहरुको स्वाद पाउने गुरुङले बताएका छन् ।
अन्य ठाउँमा आगोको कोईलामा झिर लगायतका सेकुवाका परिकारहरु पकाईदै आएको सन्दर्भमा पोखराको अमरसिंह चोकमा सञ्चालनमा आएको झिर हाउसमा धुवा रहित आधुनिक भट्टीमा पकाउने भएकाले स्वास्थ्यमा कुनै प्रकारको असर नपर्ने झिर हाउसका प्राविधिक तथा व्यवस्थापकीय सहयोगी सेफ कन्सल्टेन्ट धन बहादुर गुरुङले बताए । झिर हाउसको सञ्चालन अवधिभर गुरुङकै हातबाट बनेका परिकारहरु ग्राहकहरुलाई पस्किरहेको समेत सञ्चालक गुरुङले बताए ।
करिब ७५ लाखको लगानीमा सञ्चालनमा ल्याईएको झिर हाउसमा १८ जना कर्माचारी रहेका छन् ।