सुचना, समाचार र मनोरन्जन

जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी उपाय

जाडो याममा धेरै मानिसहरूलाई ओठ फुट्ने समस्याले सताइरहेको हुन्छ । तर हामी सजग भएर घरेलु विधि अपनाउने हो भने जाडोमा ओठ फुट्नबाट बच्न सकिन्छ ।

यी हुन् उपाय

जिब्रोले ओठ चाट्ने वा जिब्रो लगाउने बानी छ भने त्यसलाई तत्काल हटाउनुहोला । यसका साथै ओठमा मह लगाउँदा पनि ओठ फुट्दैन ।

नरिवलको तेल र घ्यू लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।

पानी धेरै पिउनाले पनि यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

जाडो मौसममा सुन्तला, बदाम खाँदा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

बाहिर खुल्ला हावामा हिँड्दा लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।

कमेन्ट्स
Loading...