काठमाडौं :
हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रसारण हुँदै आएको हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी घोषणा भएका छन् । आयोजकले लोकगायनमा आधारित यो रियालिटी शोका यी फाइनलिस्ट सार्वजनिक गरेको हो। अब यिनै १० जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
टप टेनमा बलराम विश्वकर्मा, विकास परियार, कमलराज जोशी, किरण बीसी, लोकमाया लिम्बू, पवित्रा मगर, पलबहादुर सिंह, पीएन साइँला, राजेन्द्र घर्ती मगर र सन्तोष क्षेत्री छन् । अब दर्शकले आफूलाई मनपरेका प्रतियोगीलाई जिताउन आईएमई पेमार्फत भोट गर्नुपर्ने आयोजकले जानकारी दिएको छ। हजारै प्रतिस्पर्धीलाई उछन्दै आएका टप टेनमा प्रतिस्पर्धीहरु अहिले आफ्नो लागि भोट मागिरहेका छन्। लोकस्टारलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन्।
