सुचना, समाचार र मनोरन्जन

‘तनाब’को सुटिडमा लागे मदन घिमिरे

काठमाडौं :

शनिबारबाट नेपाली टेलिफिल्म ‘तनाब’को सुटिड. प्रारम्भ भएको छ। मदन घिमिरेको कथा तथा निर्देशनमा बन्न लागेको यो टेलिफिल्ममा समसायिक कथावस्तु रहनेछ।

निर्देशक आफै मुख्य भुमिकामा रहेको यो टेलिफिल्ममा शेखर खनाल, शीतल केसी,पिताम्बर आचार्य,ओसिन भट्टराई, सरिता धनकुटी,लक्ष्मण बस्नेत,सत्यदेवी थापा, ईभा खंड्का, जितेन्द्र केसी लगायत नयाँ तथा पुराना कलाकारको अभिनय रहने छ।

टेलिफिल्ममा शैलेन्द्र सिम्खडाको पटकथा तथा सम्बाद रहेको छ भने रामेस्वर हुमागाईंको छायांकन छ। यस टेलिफिल्मको गीतमा ,गणेश सुबेदीको शब्द रचना रहेको छ भने जीवन गौतमको मुख्य सहायक निर्देशन रहने छ। क्लाकारलाई सौन्दर्य अर्थात मेकअफ गर्ने काम अशोक रोक्काले गरेका छन्।

Leave A Reply

Your email address will not be published.