सुचना, समाचार र मनोरन्जन

नेपाली फिल्मकर्मी नै मिल्दैनन् अनि कसरी चल्छ फिल्म : महादेव त्रिपाठी

काठमाडौं :

हास्यकलाकार तथा जादुगरको नामले चिनिएका कलाकार हुन् । महादेव त्रिपाठी । सिन्धुपाल्चोक घर भएका त्रिपाठीले झन्डै दुइ दशक नेपाली कलाकारितामा आफुलाई समर्पित गरिसकेका छन् । उनले नेपाल टेलिभिजनको धाराबाहिक सिरियल ‘थोरै भए पुगे सरि’हुँदै दर्जनौ सिरियलमा अभिनय गरेका छन् ।

टेलिचलचित्र हुँदै उनले ठुलो पर्दाको फिल्म ‘मेरो एउटा साथी छ, आर्शिवाद, एउटा मान्छेको माया, पल, दुई पल, डन, अभिमन्यू, भविश्य, डर लाग्छ, जिन्दगानी दर्पण छाया लगाएत ५० भन्दा बढि चलचित्रमा अभिनय गर्न भ्याईसकेका छन् । उनी आफैले पनि ‘जादुगर,जोकर,जोकर २’ निर्माण गरे । पछिल्लो समय फिल्म निर्माणको तयारीमा जुटिरहेका महादेव स्टेजमा पनि उतिकै जमिरहेका छन् । उनले विभिन्न राष्ट्रिय अवार्डहरु समेत हात पारिसकेका छन् । उनीसँग भोला अधिकारीले गरेको संक्षित कुराकानी :

तपाईको कलाकारिता यात्रा कसरी सुरु भयो ?

सिन्धुपाल्चोकमा हाम्रो घर । मेरो बुवा प्रहरीमा जागिरे हुनुहुन्थ्यो । सरकार र तत्कालिन विद्रोही माओवादीले मेरो बुवालाई गोली हानेर माने । मेरो बुवालाई माओवादीले गोली हानेर मारेपछि हाम्रो परिवार तितर वितर भयो । सोही क्रममा काठमाडौँ आएपछिका संघर्षले मलाई कलाकारितमा धकेलेको हो ।

त्यो समयमा त कलाकार बन्न अहिलेको जस्तो सजिलो थिएन भन्ने सुनिन्छ । तपाईले एकै पटक नै टेलिभजनमा अभिनय गर्न पाउनु भयो ? कि के प्रोसेस चाल्नु भयो ?
मैले त्यो ठाउँमा पुग्नका लागि धेरै संघर्ष गरेको छु । एकै पटक टेलिभिजनमा अनुहार देखाउन त कसले पो दिन्थ्यो होला र ? त्यो पनि मलाई । बि.स.०६२÷६३ सालमा टुँडिखेलको खुल्ला मञ्चमा चेतना मञ्चको कार्यक्रम भईरहेको थियो । उक्त कार्यक्रममा हँसाउन जान्नेहरुलाई प्रस्तुतिको लागि नाम दर्ता गर्न भनिएको थियो । त्यसमा मैले पनि नाम लेखाए । मेरो नाम लेखियो र मैले पनि कार्यक्रममा हँसाउने प्रयत्न गरे । फलस्वरुप ७ दिनसम्म सञ्चालित कार्यक्रममा मैले ६ दिनसम्म आफ्नो प्रस्तुति दिने मौका पाए । यसरी विस्तारै मेरो अभिनय यात्रा सुरु भएको थियो ।

यहि बेला दिनेश डिसीको टेलि श्रृंखला ‘ट्याक्क टुक्क’ टेलिभिजनमा आउने गर्थो । यहि समयमा मैले यसो मुख देखााउने अवसर पाए । त्यो समयमा मेरो रोल निकै छोटो थियो । कस्तो भने आयो भन्दा गैसकेको हुन्थ्यो । त्यसपछि मैले दीपकराज गिरीको ‘काउकुती’ भन्ने थियो । त्यसमा पनि मैले काम गरे ।

त्यो समयमा त अभिनय गर्दा पारिश्रमिक पाइदैन थियो भन्ने सुनिन्छ । तपाईले कसरी आफ्नो जिविका चलाउनुहुन्थ्यो ?

पक्कै पनि । मैले यो समयमा गौशालामा रहेको एक डान्स वारमा डान्स गर्न थालेको थिए । खान बस्नका लागि तै तै मलाई हुन्थ्यो । डान्सबारमा केटाहरुलाई पैसा कमै दिइन्थ्यो । त्यसैको रकमले सबै थोक पुर्याउनु पर्थो । महिनामा एक हजार तलव हुन्थ्यो । ६ सय रुपैया त कोठा भाडा नै थियो । त्यहि डान्सबारमा नाचेको पैसाले नै मैले जिविका चलाए ।

तपाइलाई दर्शकले. जादुगर भनेर धेरै जसोले चिन्नुहुन्छ । जादुगर चाँही कसरी बन्नुभयो ?

नेपालमा दर्शकभन्दा बढि हास्यकलाकार भएपछि अलिक फरक गरौँन भन्ने भयो । यहि सिलसिलामा म इन्डिया गए र त्यहाँ मैले दुई वर्ष लगाएर जाँदु सिके । त्यसपछि मैले आफ्नो कला बेचेर चलिरहेको छु । हामीसँगका चलेका कलाकार कता कता जानुभयो । म भने अहिलेसम्म टिकिरहेको छु ।

पछिल्लो समय  स्टेज कार्यक्रम कतिको चलिरहेको छ ?

मलाई अहिलेसम्म राम्रै छ । स्टेज कार्यक्रम लिएर नेपालका अधिकांश ठाउ पुगिसकेको छु । महिलाहरुको महान चाड तीजले गर्दा विभिन्न ठाउँमा बोलाइरहनु भएको छ । यस्तै छ भनुँम ।

दिनका कति ओटा स्टेज कार्यक्रम गर्नु भएको छ ?

अहिलेसम्म मैले काठमाडौं नजिक हुँदा सात वटासम्म भ्याएको छु । टाढा हुँदा चाही सम्भव हुन्न । नजिक हुँदा त मैले कार्यक्रम अधिकांश नै पुग्ने गरेको छु ।

तपाई त कार्यक्रमको शिलशिलामा निकै पटक अमेरिका पुग्नु भयो है ?

अमेरिका त म चार पाँच पटक नै पुगिसके । फेरि पनि जाने कुरा थियो । आफै विरामी भएर जान सकिन । अहिले नेपालमा नै बढि व्यस्त भएको छु। अन्य देशका लागि पनि कुराकानी भइरहेको छ ।

विदेश कार्यक्रममा जाँदा पारिश्रमिक कति लिनुहुन्छ?

मैले नर्मल एक शोको ५० हजार लिने गरेको छु ।

त्यहाँ जाँदाको अनुभव सुनाईदिनु न ?

अमेरिकामा रहनु भएका नेपाली दाजुभाई दिदी बैनी आमा बुवाहरुले नेपालबाट कलाकार मगाएर नेपाली भाषामा मनोरन्जन लिनुहुन्छ । अहिलेसम्म मैले गरेको कार्यक्रममा सबैजना खुशी हुनुहुन्छ । नेपालमा जस्तो जथाभावी हिड्ने बस्ने भन्ने नहुने रहेछ । यहाँ र त्यहाँको नियम नै फरक हुने रैछ ।

स्टेज कार्यक्रममा जाँदा कहिलेकाँही आयोजकबाट कलाकारहरुले धोका पाएको कुराहरु बाहिर आउने गरेका छन् । तपाईले कुनै अल्झन पाउनुभयो कि छैन ?

एक महिना अघि अमेरिकामा नै मलाई धोका भएको छ । सात वटा स्टेज कार्यक्रम गरेको ४ वटाको पैसा पाए । तीन वटाको पैसा दिने मान्छे नै गायब । नेपाल पुगेपछि पैसा पठाइदिन्छु भन्नु भयो । अहिले न फेसबुक अन छ ,न मान्छे नै कन्ट्याक छ ।

कति जति पैसा रोकियो ?

एक लाख पचास हजार जति लिन बाँकी छ । के गर्ने मान्छे नै हराएपछि ।

स्जेट कार्यक्रममा नै बढि रमाइ नहनु भएको देखिन्छ ? सिरियल तिर अलिक कम भएको हो ?

अहिले स्टेज कार्यक्रम नै रमाइलो छ । दाम पनि राम्रै कमाई हुन्छ । सिरियलमा अहिले काम गर्न मन लाग्न छोडेको छ । किनभने सबै सिरियल एउटै भए । अलिक फरक फरक प्याटनको निर्माण भएको भए खेल्ने होला । जुन हेरे पनि एउटै त्यसैले सिरियलमा जोड नगरेको । अर्को कुरा पैसा कै कुरा गर्ने हो भने सिरियलमा ५ हजार दिन मुस्किल गर्छन् ।

तपाईलाई दर्शकले कहिले फिल्मको पर्दामा देख्न पाउने हो ?

मलाई लाग्छ अर्को सालको अन्तिम महिनासम्ममा मेरो नयाँ फिल्म ल्याउने जमर्कोमा छु । मैले अघि नै भनिहाले अहिले स्कृप्टको काम भइरहेको छ ।

तपाईका फिल्म बालबालिकालाई लक्षित गरेर निर्माण गरेको पाइन्छ ? बालबालिकालाई नै किन ?

सहि हो । बालबालिकालाई लक्षित फिल्म बनाउदा अभिभावक पनि हलमा आउनुहुन्छ । अभिभावक पनि हलमा आएपछि मेरो फिल्म अवस्य हेर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

केहि समय यता नेपाली फिल्म हलमा चल्न सकिरहेका छैनन् । तपाईको बिचारमा कस्ता खाल्का फिल्महरुले दर्शक बटुल्न सक्छन् ?

नेपाली दर्शकले फरक फरक प्याटनका फिल्महरु हेर्न रुचाउनुहुन्छ भन्ने मलाई लाग्छ । तर, नेपालमा के छ भने निर्माता तथा फिल्म वितरकले नबुझेका हुन् की या के हो थाहा छैन । एकै पटक फिल्म हलमा लगाएपछि दर्शक बाँडिन्छन् । दर्शक बाँडिएपछि फिल्मको लगानी उठ्ने त कुरै भएन । महँगो फिल्म भन्दा पनि स्तरिय फिल्म बन्नुपर्छ भन्ने पनि लाग्छ मलाई ।

कमेन्ट्स
Loading...