सुचना, समाचार र मनोरन्जन

महाकाली नदीमा बाढी आउँदा ८ घर डुबानमा

पोखरा /

महाकाली नदीमा शनिबार साँझ आएको बाढीले ८ घर डुबानमा परेको खबर छ । तटीय क्षेत्र नजिकै पर्ने दोधार चाँदनी नगरपालिका १० का कुतियाकबर, शान्ति टोल र बैदीफाँटका ८ घर डुबानमा परेको प्रहरीले जनाएको छ । उसका अनुसार भीमदत्त नगरपालिका १२ ओदाली स्थित बन्दै गरेको पक्की पुलको बाँध समेत बगाएको छ । करीब ९० मिटरको अस्थायी बाँध बगेको बताइएको हो ।

लगातार वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्ने घट्ने भइरहेको छ ।

कमेन्ट्स
Loading...