काठमाडौं :
कैलाश राईद्वारा निर्देशित फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले २ मिनेटको ट्रेलर रिलिज गरेको हो । उक्त ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढावलाई देखाइएको छ । साथै यस ट्रेलरमा पुष्पलाई दर्शकले एक्सनमा समेत पाउने छन् । अरु फिल्ममा भन्दा यो फिल्म निकै राम्रो बनेको निर्माण पक्षको दावी छ।
यही माघ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा,पुष्प,वर्षाका अलवा बुद्धि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दालगायतको अभिनय रहेको छ । यस अघि यो फिल्ममा समावेश ‘मेरो त भाग्य’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्मलाई सौरभ लामाले खिचेका हुन् । निर्देश राई कै कथा तथा पटकथा रहेको यस फिल्ममा अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी छ । अरुण तामाङ निर्माता रहेको यस फिल्ममा सन्तोष खवासको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको छ ।