कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप मनाङमा आइपुगेको छ । माघ १४ गते सदरमुकाम स्थित जिल्ला अस्पताल औपचारिक समारोह बिच खोप हस्तान्तरण गरिने जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचर्यले बताए ।
उक्त खोप २ सय ८ जनालाई दुई चरणमा लगाउन पुग्ने सम्पुर्ण आवश्यक तयारी पूरा भएको अस्पतालका मेडिकल अफिसर डाक्टर सन्तोष अधिकारीले बताए ।

गण्डकी प्रदेश सरकारलाई प्राप्त भएको कोभिड – १९ विरुद्धको खोप तत्काल जिल्ला जिल्लामा पुर्याउने कार्ययोजना अनुसार स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट २३ भायल खोप प्रदेश स्वास्थ्य निर्देशनालयका बरिस्ठ कविराज निरिक्षक नवीन किरण भुसालले जिल्लामा हस्तान्तरण गर्ने गरि मनाङ पुगेका छन् ।
कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने गरि सम्पुर्ण तयारी पूरा भएको जिल्ला अस्पताल मनाङ का मे. सु. डा. प्रतिभा गौलीले जनाए ।
जिल्लामा सन्चालन हुने कोभिड-१९ विरुद्धको खोप कार्यक्रमले कोभिड विरुद्धको लडाइमा अग्र मोर्चाका सम्पुर्ण जिम्मेवार ब्याक्तीहरु उत्साहित भएको जिल्ला स्वास्थ्य कार्यालयका सुदिप कडेलले बताए । एक भायलमा १० डोज खोप हुन्छ । अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।