सुचना, समाचार र मनोरन्जन

राम्रो फिल्म पाएको खण्डमा काम गर्न मनिषा कोइराला इच्छुक

काठमाडौं : 

अभिनेत्री मनिषा कोइरालाले नेपाली फिल्म खेल्ने संकेत गरेकी छन् । शुक्रबार दरबार सिनेम्याक्समा डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ हेर्न पुगेकी मनिषाले नेपाली फिल्ममा काम गर्न इच्छुक रहेको बताईन् ।

फिल्म हेर्न हलमा पुगेकी अभिनेत्री कोइरालालाई पत्रकारले अब नेपाली फिल्ममा पनि काम गर्ने होइन ? भनेर प्रश्न सोधेका थिए । उनले पत्रकारको जवाफमा राम्रो कथा आयो भने फिल्ममा काम गर्न इच्छु रहेको बताईन् ।

उनले भनिन्,‘किन नगर्ने र ? गर्ने नि । राम्रो आयो भने गर्ने ।’

फिल्म ‘ह्यारी कि प्यारी’ आफूलाई एकदमै अनौठो र राम्रो लागेको भन्दै निर्देशक कपिल रिजालको निर्देशन पहिलो जस्तो नलागेको बताईन् ।

‘निर्देशक कपिल रिजालको पहिलो निर्देशकिय फिल्म जस्तो लाग्दैन । काममा व्यवसायिकता देखिन्छ,’उनले पत्रकारसँग कुराकानी गर्दै भनिन्,‘उहाँले अत्यन्त राम्रो काम गर्नुभएको छ । जितु र साम्राज्ञीको जोडी अनौठो लाग्यो र सुन्दर पनि ।’

उनी अभिनीत पछिललो बलिउड फिल्म ‘शहजादा’ फेब्रअरी १७ तारिखबाट प्रदर्शनमा आउँदैछ ।

कमेन्ट्स
Loading...