सुचना, समाचार र मनोरन्जन

१३ करोड खोई मेयर साहेव ?

राजु गिरी, पोखरा ।
जागौं पोखराका अभियन्ताहरुले आज पोखरा महानगरापालिकामा जनताले चुनेका जनप्रतिनिधीबाटै करोडौंको आर्थिक अनियमितता भएको हुँदा छानविन गरि प्रष्ट पार्न महानगरलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले शुसासनको ग्यारेन्टी गर्न १५ दिनको अल्टीमेटमसहित पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण गराएका हुन् । जनप्रतिनिधीहरु नसच्चीय विरोधका कार्यक्रम गर्न बाध्य हुने जागौं पोखराका अभियन्ताहरुले जनाएका छन् ।

महानगरमा भएको भ्रस्टाचार र आर्थिक अनियमितताका कारण पोखरावासीको शिर लाजले निहुरिएको जागौं पोखराले महानगरका मेयर जिसीलाई आज बुझाएको पत्रमा उल्लेख गरिएको छ । ‘भ्रष्ट्राचार र आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको समाचार विभिन्न संचारका माध्यममा र सामाजिक सञ्जालमा बारम्बार छताछुल्ल भईरहदाँ हामी पोखरावासी र जागौं पोखरा अभियानको शिर लाजले निहुरिएको छ ।’ पत्रमा लेखिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ –‘जनताले चुनेका र करबाट पालिएका प्रतिनिधीहरुबाट नै करोडौंको आर्थिक अनियमितता भईरहँदा त्यसको छानविन गरि जनता समक्ष प्रष्ट पार्नुहुन र आगामी दिनमा शुसासनको ग्यारेन्टी गर्नुहुन यो हाम्रो अभियान १५ दिनको अल्टीमेटम सहित प्रष्ट र जोडदार माग गर्दछौं । अन्यथा हामी हाम्रा विरोधका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’

British college

भ्रष्टाचार भएकै छ भने छानविन गरि कारवाहीको दायरामा ल्यानुपर्ने जागौं पोखराका अभियन्ता अशोक खड्काले बताए ।

महानगरकै कार्यालयमा अभियन्ताहरु ध्यानाकर्षण पत्रसहित ‘१३ करोड खोई मेयर साहेव ?’ पम्प्लेट लिएर शान्तिपूर्ण विरोध गरेका थिए ।

कमेन्ट्स
Loading...