सुचना, समाचार र मनोरन्जन
Election Commission V2

राजधानीमा ‘मीलन’को प्रिमियर

काठमाडौं :

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मीलन’ को प्रिमियर गरिएको छ । मंगलबार साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा पत्रकार तथा कलाकारमाझ फिल्म देखाइएको हो । प्रिमियरबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

यहि शुक्रबार अर्थात मंसिर ९ बाट प्रदर्शन हुने फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्म प्रिमियरमा उपस्थित भएका वरिष्ठ कलाकार नीर शाहले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए । उनले यो फिल्मबाट दर्शकको ध्यान तान्ने बताए ।

फिल्ममा अभिनेता सलोन बस्नेत,कुशल शाह ठकुरी,शिल्पा थापाको कामको तारिफ गरिएको थियो । प्रिमियरमा उपस्थित भएका अधिकांश कलाकारहरुले फिल्मका कलाकार सुमिन गुरुङले निभाएको तेस्रो लिंगीको भूमिकाको चर्चा गरेका थिए । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय छ ।

कथावस्तु, कलाकारको कामको समेत तारिफ भएको यो फिल्मकोे छायांकन काठमाडौं र कालिन्चोकमा भएको हो ।

कमेन्ट्स
Loading...