सुचना, समाचार र मनोरन्जन

मीराः स्याडो अफ अ रेन्बो’को सोमबार शुभमुर्हुत

काठमाडौँ : 

फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सोमबार शुभमुहुर्त भएको छ । काठमाडौँको मैतिदेवि मन्दिरमा निर्माण टिमले मुर्हत गरेको हो । अनिता पण्डितको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भुमिका रहनेछ ।
बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई फिल्ममार्फत प्रस्तुत गर्न लागिएको हो। आश्वि फिल्मसले निर्माण थालेको यस फिल्मका लाइन प्रोड्युसर शंकर कार्की रहेका छन्।

फिल्म मुर्हतपछि अभिनेत्री कार्कीले आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताईन् । यसैसाताबाट छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा यसको छायांकन हुने फिल्ममा एलिश कार्कीको संगीत रहनेछ । डिओपी अनिल कटुवाल हुन्।

कमेन्ट्स
Loading...