सुचना, समाचार र मनोरन्जन

कोरोना रोकथामका लागि मेला महोत्सव नजाने कलाकारको उद्घोष

काठमाडौ । कोरोना त्रासका कारण देशका विभिन्न ठाउँमा भइरहेका मेला महोत्सवमा रोकिन थालेका छन् । पछिल्लो केहि दिन यता कोभिडका विरामी बढ्न थालेपछि मेला महोत्सवमा कलाकारहरु नजाने निर्णयमा पुगेका हुन् ।

British college

कलाकार मेहन्त शर्माले कोरोनाका विरामी जताततै बढेका कारण कुनै पनि मेला महोत्सवमा नजाने घोषणा गरेका छन् । उनले आज हुने ‘चितवन महोत्सव’मा नजाने बताएका हुन् । उनले भने,‘ कोभिड नियन्त्रणका निम्ति प्रशासनले लगाएको रोकका कारण आज ‘चितवन महोत्सव’ मा म उपस्थित हुने छैन ।’

त्यस्तै शोभा त्रिपाठीले पनि कोरोना त्रास बढेको भन्दै कुनै पनि मेला महोत्सवमा जाने बताएकी छन् । उनले हिजो गोरखा महोत्सवसँगै अव कुनै पनि कार्यक्रममा नजाने बताएकी हुन् । ‘गोरखा महोत्सवसँगै ‘कोभिड नियन्त्रणका निम्ति प्रशाशनले लगाएको रोकका कारण धेरै कार्यक्रममा उपस्थित हुन सकिन, उनले भनिन्, ‘सबैजना सक्दो शुरक्षित रहनुहोला ।’

सरकारले केहि दिन यता कोरोना संक्रमितको संख्या ह्वात्ते बढेपछि स्मार्ट लकडाउनको तयारी थालेको छ । दैनिक हजार भन्दा बढिको संख्यामा कोरोना संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यलयले भिडभाड तथा कुनै पनि मेला महोत्सव नगर्न आग्रह गरिसकेको छ ।

कमेन्ट्स
Loading...