सुचना, समाचार र मनोरन्जन

मेलिनाले प्रेमीसँगको इन्गेजमेन्ट तोडेको घोषणा

काठमाडौं :

चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जिव बराईलीबीचको सम्बन्ध सकिएको घोषणा गरेकी छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो र सञ्जिव बीच मनमुटाव भएकै कारण इन्गेन्जमेन्ट तोडिएको बताएकी हुन् ।

उनले लेखेकी छन्,‘फेरि सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इङ्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरे।’

उनले अगाडी लेखेकी छन्,‘केही समय अगाडी मैले आफ्नो भ्लनबनझभलत गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

उनीहरुले केहि महिना अघि मात्रै इन्जेमेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा फोटो हालेका थिए। उनीहरुको सम्बन्ध विवाह नभइ अगाडी नै टुटेको छ ।

कमेन्ट्स
Loading...