सुचना, समाचार र मनोरन्जन

‘गोर्खा वारियर’का निर्देशक चाम्सलाई गरियो काठमाडौंमा सम्मान

काठमाडौं :

आगामी फागुन ११ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म ‘गोर्खा वारियर’को चर्चा छायाँङ्कन अगावैबाट हुँदै आएको छ। यतिबेला ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा मनोनयनमा परेको फिल्मको चर्चा झनै थपिएको छ। हालै बेलायतमा ऐतिहासिक रुपमा अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियर गरिएको फिल्मका निर्देशक मिलन चाम्स सम्मानित भएका छन्।

नेपाली फिल्मलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याएको भन्दै गोर्खा उनलाई काठमाडौंमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो। लेस्टर स्क्वायर लन्डनको आइम्याक्स हलमा प्रिमियर सहभागी फिल्मकर्मी तथा पत्रकारको टिमले चाम्सलाई शुभकामनाका साथै सम्मान गरेको हो।

चाम्सलाइ निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान,संचारकर्मी तथा गीतकार नरेश भट्टराई,फिल्म निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, ओएस आर डिजिटलका ओम प्रकाश अग्रवाल, अंकिता गोयल, राकेश थापा, निर्माता प्रेम कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सोही संघका उपाध्यक्ष सुरक्षा भट्टराई, संघका केन्द्रिय सदस्य अनुप भट्टराई, चलचित्र पत्रकार सृस्टी पोखरेल, व्यवसायी राज कुमार श्रेष्ठलगायतले संयुक्त हस्ताक्षर सहितको सम्मानपत्रबाट निर्देशक चाम्सलाई सम्मानित गरेका थिए।

नेपाली, हिन्दी, अँग्रेजी र कोरियन भाषामा निर्माण भएको फिल्म गोर्खा वारियर’ नेपालका अलवा भारत र दक्षिण कोरियामा समेत रिलिज गरिने छ। अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले ‘गोर्खा वारियर’ लाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्दैछ । फिल्मका मुख्य अभिनेता रितेश चाम्सले यसै फिल्मबाट डेब्यु गरेका हुन् । रितेससँगै यो फिल्ममा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, आरुस जंग सारु,सारा राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यो फिल्मको नर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यो फिल्ममा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।

दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा यो चलचित्रमा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित यो चलचित्रले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई गोर्खा वारियरले पर्दामार्फत विश्वका दर्शकमाझ पुर्याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।

Leave A Reply

Your email address will not be published.