काठमाडौं :
फिल्म ‘२ नम्बरी’पछि दीपेन्द्र लामाले दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने भएका छन् । उनले शुक्रबार सामाजिक–राजनीतिक कथावस्तुमा फिल्म बन्न लागेको बताए ।
निर्देशक लामाकै पटकथा लेखक समेत रहने फिल्ममा अन्य कलाकारको छनोट हुन बाँकी रहेका छन् । निर्देशक लामाको यो छैटौं फिल्म हो । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’का हिट जोडी हुन् । चैत महिनादेखि छायांकन सुरु हुने फिल्ममा दर्शकले हास्यरस, प्रेम र कारुणिकता लगायतको स्वाद दर्शकले पाउनेछन् । ‘नाङ्गो गाउँ’लाई मनिषा फिल्म्स प्रालिले निर्माण गर्ने भएको हो ।
