सुचना, समाचार र मनोरन्जन

कलाकार संघ निर्वाचन : अध्यक्ष पदमा मोहन निरौला विजयी

काठमाडौं : 

नेपाल चलचित्र कलाकार संघको मतगणना सम्पन्न भएको छ । निर्वाचनमा अध्यक्ष पदमा मोहन निरौलाले रेजिना उप्रेतीलाई २६ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन्।

शनिबार राजधानीको बग्गीखानास्थित स्काइ दरबार ब्याङक्वेटमा भएको मतदानमा ४६८ खसेको मतमा मोहनले २३५ मत प्राप्त गरेका थिए भने रेजिनाले २०९ खसेको छ ।  २६ मत बदर भयो । त्यस्तै निरौलाकै प्यानलबाट महासचिवमा सविन श्रेष्ठ विजयी भएका छन् ।

उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । पुराना पुस्ताले मोहन निरौलालाई मत खसालेको अनुमान गरिएको छ भने नयाँ पुस्ताको मत रेजिनालाई दिएको देखिन्छ ।

कमेन्ट्स
Loading...