सुचना, समाचार र मनोरन्जन

मुक्तक

  •  
  •  
  •  
  •  

तेजविलास अधिकारी /


विरोधीलाई तह लगाउन जुट्नु भयो
टिकिरहन आफ्नै साथीलाई कुट्नु भयो
धेरै पौरख पो गर्नु भयो यो कार्यकालमा
जनको बिचमा शिसा जस्तै टुट्नु भयो


जालीको कर्म नै जाल गर्ने हो
जुवाडेको कर्म नै खाल भर्ने हो
हेर्दै जाउ अब के हुन्छ यो पटक
झेलीको काम नै बबाल गर्ने हो


विगत गुरू हो पाठ सिक्नै पर्छ
यात्रा सुरू हो पाठ सिक्नै पर्छ
जिन्दगी यात्रा हो गन्तव्य होइन
मात्रा मिलाएर पाठ सिक्नै पर्छ

देखिन्छ जताततै जालझेल छ
सिद्धान्त र व्यवहारमा बेमेल छ
कसलाई सुनाउने दुःखको कुरा
सत्ता प्राप्ति नै मुख्य खेल छ

चर्को घाम थाप्लोमा पार्नु वाध्यता हो
वर्खे झरीमा भिजिरहनु वाध्यता हो
रहर त एकै छिनमा पुग्छ मानिसको
स्वाभिमान गुमाउनु पनि वाध्यता हो

चराको चिर्बिर सुनुन्जेल आशा हुन्छ
उषाको मिर्मिर हेरूञ्जेल आशा हुन्छ
आखिर आशै आशा त हो जिन्दगी
नहुञ्जेल होला कि भन्ने आशा हुन्छ

आफ्नै यात्रामा छु म
उचित मात्रामा छु म
खै के भन्ने अरूलाई
दैनिक जात्रामा छु म

चितवन 

कमेन्ट्स
Loading...