सुचना, समाचार र मनोरन्जन
kumdini

नागा चैतन्यसँग अलग्गिएपछि दोस्रो विवाह गर्ने निचोडमा सामन्था

मुम्बई :

British college

दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् । हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् ।

अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् । अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाव दिएका छन् ।

अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन् । सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाव दिएका छन् । उनी निकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाव दिएका छन् ।

कमेन्ट्स
Loading...