सुचना, समाचार र मनोरन्जन
kumdini

‘नालापानी’को टिजर सार्वजनिक

काठमाडौं : 

फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिजर सार्वजनिक गरेको हो । फिल्मको टिजर सार्वजनिक कार्यक्रममा निर्माणपक्षले फिल्मबारे समेत जानकारी दिएको छ ।

British college

रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ । कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजयलाई फिल्ममा उतारिएको छ ।

फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान र मनोज शाक्यको प्रमुख भूमिका रहेको छ । यस फिल्मलाई मनोज शाक्यले निर्माण गरेका हुन् ।

कमेन्ट्स
Loading...