सुचना, समाचार र मनोरन्जन

श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै ‘नम्बरी सुन’को छायांकन

काठमाडौं : 

राजु गिरीको निर्देशनमा फिल्म ‘नम्बरी सुन’ को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । शुक्रबार फिल्मको एक गीतबाट सुटिङ सुरु गरिएको हो ।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी,स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ,हिरादेवी श्रेष्ठ,रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने यस फिल्ममा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामिछाने नृत्य निर्देशक रहने यस फिल्ममा दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ । मुख्य सहायक निर्देशनमा जिबन गौतम रहेका छन् भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने निर्देशक गिरीले बताए ।

कमेन्ट्स
Loading...