काठमाडौं :
यहि चैत १० गतेबाट फ्लोरमा जाने फिल्म ‘नांगो गाउँ’को वर्कसप सकिएको छ । वर्कसपमा कलाकारसहित निर्देशन, निर्माण, छायांकन, वेशभूषा समूहको कार्यशाला सकिएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन्।
फिल्मको कार्यशालामा दयाहाङ राई, कार्म र मिरुना मगरका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रविन्द्र झा सहभागी भएका थिए । फिल्मको बारेमा कलाकारलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य संरचनाका विषयमा छलफल गरिएको बताइएको छ ।
फिल्मलाई राजेश विश्वकर्माले सहजीकरण गरेका थिए । यो फिल्ममा अभिनेत्री साम्राज्ञी शाह पनि रहेकी छन्। तर, उनी वर्कसपमा सहभागी भइनन् । किनभने उनी यतिबेला थाइल्याण्डमा रहेकी छन्। आलोक शुक्लाले छायांकन गर्ने फिल्मलाई लगानी हिमाल शर्माले गर्दैछन्।