सुचना, समाचार र मनोरन्जन

‘राजावादी’हरुको प्रदर्शनबारे नेकपा प्रवक्ताको प्रष्टोक्ति- पश्चमगनको सान्दर्भिकतै छैन

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएका छन् ।

Parichay

पार्टीको केन्द्रीय सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले मुलुकको अहिलेको परिवेशमा राजतन्त्र फर्कने कल्पनासम्म गर्नुको कुनै सान्दर्भिकता नरहेको स्पष्ट पारे ।

नेकपाको आजको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको सक्षिप्त कुराकानीमा प्रवक्ताले श्रेष्ठले गणतान्त्रिक व्यवस्थाका कार्यान्वयनका विविध पक्षमा कमजोरी भएमा समीक्षा गर्न सकिने तर राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी हुने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समयमा केही समूहले राजतन्त्रका पक्षमा आवाज उठाएको सन्दर्भमा नेता श्रेष्ठले त्यसको कुनै सान्दर्भिकता नरहेको समेत बताए । रासस

Comments
Loading...