सुचना, समाचार र मनोरन्जन

रुकुमका स्कुल स्कुलमा थकथकी मञ्चन

रुकुम । रुकुम पूर्वका विभिन्न स्कुलहरुमा जनचेतना मूलक सडक नाटक ‘थकथकी’ मञ्चन भएको छ । नाटक रुकुम पूर्वका श्री महेन्द्र उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोट लगायतका स्कुलहरुमा नाटक मञ्चन भएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको नाटकलाई पूर्खाजित राईले निर्देशन गरेका हुन् । नाटकमा बालविवाहको असरबारे देखाइएको छ भने बालविवाहको कारण व्यक्ति र समाजमा हुने दुर्घटनालाई प्रस्तुत गरिएको छ । नाटकले भइ परि आउने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपायहरू प्रस्तुत गरिएको पुर्खाजित राईले बताए ।

नाटकमा सिग्नेचर, लुकामारी, मन्दिरा, घनचक्करलगायत फिल्ममा अभिनय गरिसकेका जेबी डिसी, ज्योति राई, प्रिती पुन, मनप्रसाद विक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङले अभिनय गरेका छन्। रुकुम पूर्वलगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लामा व्याप्त रहेको विवाहको प्रचलनलाई न्यूनिकरण गर्न यस्ता खाले जनचेतनामूलक नाटक प्रभावकारी बन्न सक्ने कलाकार जेबी सिडीले बताए ।

कमेन्ट्स
Loading...