सुचना, समाचार र मनोरन्जन

देशप्रतिको मायाले ‘काँडेतार’ बनाएँ : अभिनेता नवल खड्का

काठमाडौं :

‘दशगजा, माया बसेछ,आवाज,क्रान्ती लगायत थुप्रै फिल्मका अभिनेता हुन् नवल खड्का । उनी आफैले निर्माण गरेको पछिल्लो चलचित्र हो ‘काँडेतार’ ,जुन प्रदर्शनको समय कुरिरहेको छ । उनी आफैको लेखन तथा निर्देशन रहेको यो फिल्मले राष्ट्रबाद बोकेको छ । यस अघिका फिल्म ‘दशगजा, भिमदत्त,आवाज,क्रान्तीले पनि देशप्रति भाव पोखेको थियो ।

अहिले पनि देश जोगाउन देशको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने सन्देश बोकेको फिल्म निर्माण गरेका छन् ।  चलचित्र कलाकारकार संघका पुर्व अध्यक्ष समेत रहेका नवल खड्कासँग भोला अधिकारीले गरेको कुराकानी :

फिल्म ‘काँडेतार’ को कामले कतिको व्यस्तता बढेको छ ?

अहिले कामको व्यस्तता हेर्ने हो भने कहिले इडिटिङ, कहिले डबिङ, कहिले के त्यसै व्यस्तता त बढिहाल्छ नि । कसरी हुन्छ फिल्म राम्रो बनाउने काम तिर लागेको छु ।

फिल्मको भाव के हो? तपाईहरुले जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ भन्दै आउनुभएको छ? फिल्मका बारेमा केहि प्रष्ट पारिदिनुस् न ?

फिल्म ‘काँडेतार’ देशभक्तिपुर्ण कथाम बनेको चलचित्र हो। हाम्रो नेपाालमा र भारतमा रहेको खुला सिमानामा तारबार लगाउनुपर्छ भन्ने सन्देश दिन खोजेका छौाँ । यो देशभक्तहरुको वर्तमान भावधाराको अभिव्यक्ति पनि हो। हामीले फिल्ममार्फत काँडेतारको अभियानले कसैलाई असर गर्दैन । अर्को विश्वमा खुला सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कुरा कुनै नयाँ प्रचलन होइन र कुनै अर्घेल्याइँ पनि होइन। यो सिमाङ्कन गर्ने बैज्ञानिक आधार हो र उपाय हो। यसले सँधियार मुलुकबीच विवाद खडा गर्दैन बरु साम्य गर्छ ।

यसले आवागमनको ऐतिहासिकता र परम्परालाई नियमित गरेर सीमाको रक्षा र सीमा वारपार गर्न शान्ति कायम गर्छ । साथै यसले मानवको जथाभावी आवत जावतलाई त रोक्छ नै साथै महामारीलाई रोक्छ । त्यसैले नेपालमा मात्र होइन, अमेरिका र मेक्सिकोको खुला सीमा नियमित गर्न समेत काँडेतारको चर्चा उठ्ने गरेको छ। हालसम्म ४५ भन्दा बढि मुलुकहरुले खुला सिमानामा काँडेतार लगाइसकेका छन्। अब नेपालमा पनि खुल्ला सीमानाकामा काँडेतार लगाउनुपर्छ भन्ने कुरा सन्देश दिन खोजेका हौँ ।

तपाईका हरेक चलचित्रमा देशभक्ती भाव प्रकट गरेका देखिन्छन् ? यस्ता चलचित्र मात्रै किन बनाउनुहुन्छ ?

यो एकप्रकारको देशप्रतिको माया हो । मैले देशप्रति एक नागरिकले गर्नुपर्ने कर्तव्य हो ।

यस्ता फिल्म नेपालमा कतिको चल्छ जस्तो लाग्छ ? हरेक दर्शकले मनोरञ्जनका खुराकहरु खोज्ने गरेका छन् ?

मलाई त्यस्तो लाग्दैन । यस अघिका मेरा फिल्महरुले राम्रै लगानी उठाएका छन् । व्यापार नगरेको भन्या त्यहि एउटा भिमदत्त त हो । बाँकी मलाई कुनै फिल्मले घाटा लगाएको छैन । नेपाली दर्शकले फिल्म राम्रो हुनुपर्छ हुनुहुन्छ । अर्को कुरा फिल्म भनेको देशको भेषभुषा र सस्कृति मिसिएको हुनुपर्छ । आयातित शब्द र भेषभुषाले न देशलाई फाइदा पुग्छ न देशप्रति माया बढ्छ । देशको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने सन्देश पनि त चलचित्रले बोक्नुपर्यो नि हैन ।

यो फिल्म निर्माण गर्दा राज्यबाट अवरोध भयो कि भएन ?

किन नहुनु नि । प्रहरी आएर कति समय त छायांकन गर्नै दिएनन् । प्रहरी हेड क्वाटर देखि गृहमन्त्रीसम्मलाई चिठी लेख्नु परेको थियो । तर, पनि अवरोध गर्यो । यो फिल्म निर्माण गर्दा अवरोध नआउने कुरै भएन । असाध्यै संघर्ष गरेर फिल्म बनाइयो ।

गम्भिर विषय फिल्ममा उठाउनु भएको छ ? कति वर्षको समयमा फिल्म निर्माण गरियो ?

फिल्म लेखेर फिल्मको बारेमा राज्यलाई जानकारी दिदादिदै चार वर्ष लाग्यो। आज भन्दा चार वर्ष अघि नै तयारी थालिएको थियो । विविध कारणले गर्दा फिल्म निर्माणमा ढिलाइ भएको हो ।फिल्म बनेको आज लेख्यो भोली बनाइहाल्ने होइन नि । कुन विषयमा फिल्म बनाउदैछु भन्ने कुरालाई पनि त खोज अनुसन्धान गरेर निर्माण गरेको छु ।

फिल्मको ट्रेलर र पोस्टरले राम्रो प्रतिक्रिया पाइसकेको छ ? अब फिल्मको रिलिज डेट कहिलेलाई रााख्ने तयारीमा हुनुहुन्छ?

अहिले यस बारेमा छलफल नै भएको छैन । सायद छिट्टै गर्छौ होला ।

पछिल्लो केहि वर्ष यता नेपाली फिल्मका दर्शक घटे भन्छौ,तर हिन्दी फिल्ममा हेर्न बाध्य गराउछौं यसको अन्त्य गर्न के गर्नुपर्ला ?

नेपाली दर्शकलाई नेपाली फिल्म हेराउनका लागि राज्यबाट नै पहल हुनुपर्यो । यो नीजि क्षेत्रबाटमात्र सम्भव छैन । नीजि क्षेत्रले गुणस्तरीय फिल्म निर्माण र प्रस्तुत गर्नुप¥यो र सरकारले विदेश फिल्मलाई निर्वाध प्रवेश गर्न नहुने नीतिलाई कडाइ गर्नु प¥यो । जस्तो कि विदेशी फिल्म चलाएर उठेको राजस्वले स्वदेशी चलचित्रको विकास गर्ने नीतिलाई परिवर्तन गर्नु प¥यो भन्ने मेरो भनाई हो ।

नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा लिने गरेका छौँ । अब उद्योगका लिइसकेपछि फिल्म बनाउन बैंकबाट ऋण पाईन्छ त ? तपाईको के छ प्रक्रिया ?
यसमा मेरो भनाई छ क छ भने हामी चलचित्रर्कीलाई राज्यले हेर्ने दृष्टिकोणमा नै खोट छ । खै मलाई त यसमा अलिकति पनि विश्वास छैन । कागजमा जे लेखिएको भए पनि व्यवहारमा लागू हुन्छ जस्तो मलाई लाग्दैन ।

अन्त्यमा चलचित्र उद्योगको उत्थानका लागि सिनेकर्मीले निभाउनु पर्ने भूमिका र राज्यले गर्नु पर्ने दायित्व के हुनुपर्छ ?

राज्यले के बुझ्नुपर्छ भन्ने चलचित्रमा कथा मात्रै भएर नि हुदैन । त्यसमा गीत, संगीत, द्वन्द्व ,कला, अभिनय, भाषा, संस्कृति,परम्परा, रितिरिवाज, भेषभुषा, देशको सामाजिक अवस्था, प्रविधि आदि समुच्चय र यसमा सम्मिलित कर्मीहरुको प्रयासको परिणाम नै चलचित्र हो। यी क्षेत्रहरु र कर्मीहरुको निर्पुर्णताले नै फिल्मले विकासको उचाइ लिन्छ र विश्व बजारमा प्रतिष्पर्धाका लागि उत्रन्छ ।

यो क्षेत्र २१ औं शताव्दीको सामाजिक पहिचान र स्थानको सञ्चार गर्ने सहज र उपयुक्त माध्यम हो । तर,नेपाल सरकार र राज्यले यो कुरा बुझ्न चाहेको देखिदैन। अरु देशका राज्यले यस क्षेत्रलाई सहजीकरण र उत्प्रेरणा दिएकै कारण हलिउड, वलिउडका आफ्ना चलचित्रका माध्यमबाट विश्व बजार, संसारलाई हेजेमोनि गर्न सफल भएका हुन्।यस कुरालाई सरकारले मनन गर्नु प¥यो। यसका साथै चलचित्रकर्मीले ईमानदारी पूर्वक र आफ्ना कम्पिटेन्सी वा भनौ दक्षता बढाउने काम गर्नु प¥यो। यो क्षेत्र नै मेरो जीवन, भविष्य हो भनेर यसमा नै लाग्नु प¥यो ।

कमेन्ट्स
Loading...