काठमाडौं । ला ग्राण्डी इन्टरनेशनल कलेजमा सामाजिक उद्यमशिलता विकासका लागि नबिल बैंक सँगको सहकार्यमा सामाजिक उद्यमशिलता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।
उद्यमशीलताको बिकास सङ्गै सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्दन गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि नबिल बैंक तथा गण्डकी प्रदेशका लागि ला ग्राण्डी इन्टरनेसनल कलेजको सामुहिक साझेदारिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम शुरु गरिएको कलेजका प्रिन्सिपल ई.किरण के.सी.ले बताए ।
उक्त कार्यक्रम अन्तर्गत बार्षिक रुपमा ३ महिना अवधिको ४ वटा प्रशिक्षण सेसन सञ्चालन गरिने छ । सो कार्यक्रममा प्रशिक्षार्थीहरुलाई सामाजिक उधमशिलता र नेतृत्व सङ्ग सम्बन्धित प्रशिक्षण गराई आवश्यकता अनुसार मुल्याङ्कन गरी बित्तिय सहयोगका लागी समेत बैंकले सहजिकरण गर्ने जनाएको छ ।
शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका कलेजहरुसँग सम्झौता गरेको जनाएको छ । जसमध्ये गण्डकीबाट ला ग्राण्डी छनौट भएको हो । यो कार्यक्रमले वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने लक्ष्य रहेको नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी गराए ।
१८ वर्ष पुगेका हरेक इच्छुक नेपाली नागरिक यो कार्यक्रममा सहभागी हुनसक्ने छन् । कोर्स पुरा गरेको व्यक्तिले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल विकास गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्नसक्ने क्षमता बिकास हुने अपेक्षा कार्यक्रमले लिएको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जिविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने छन् ।
सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउने छन् । सहभागीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउने छन् । लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएकाले यसबाट सयौं विद्यार्थीले लाभ लिनसक्ने छन् ।
सो कार्यक्रम मार्फत निजि, सार्वजनिक, शैक्षिक संस्था र समुदाय विचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने प्रयास गरिएको, दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने दावी गरिएको छ । साथै सहभागी केही विद्यार्थीहरुका लागि विशेष छात्रवृतिको व्यवस्था समेत भएकोले आर्थिक अवस्था कमोजर भएका इच्छुकलाई समेत यस कार्यक्रमबाट उद्यमी बन्न सहयोग मिल्नेछ छ ।
यस कार्यक्रम सञ्चालन हुने उक्त कलेजमा हाल ७०० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । पोखराको सिमलचौरमा अवस्थित सन २००० मा स्थापित उक्त कलेजले बिसिए, बिबिए र बिपिएचका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ र क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ गुणस्तरबाट समेत प्रमाणित भईसकेको छ । प्रशिक्षणमा सहभागिताका लागि चैत्र २३, २०७८ देखी बैशाख २२ गते सम्म आवेदन खुला गरिएको र आवेदन फाराम ला ग्राण्डी तथा नबिल बैंकको सबै शाखा एवं बेबसाइटमा उपलब्ध रहेको छ ।